गृष्मकालीन भेटमा मिस्टर नेपाल गुरुङको स्वागत

सानु गुरुङ

लन्डन । यूके नेपाल फेडरेशन अफ बडी बिल्डिङ एण्ड फिटनेशद्वारा आयोजित पांचौं मिस्टर यूके नेपाल ०१७ प्रतियोगिताका मुख्य प्रशिक्षक सानु 
गुरुङलाई लन्डनमा एक कार्यक्रमबीच स्वागत गरिएको छ । साउथ हयारो नजिक खुल्ने तयारीमा रहेको माया पबमा एक गृष्मकालीन भेटघाटका क्रममा मिस्टर नेपाल गुरुङलाई स्वागत तथा सम्मान गरिएको हो ।

बीरेन खड्का, सिद्धार्थ क्षेत्री, शशी गुरुङ लगायतको पहलमा आयोजित उक्त कार्यक्रममा गुरुङलाई बेलायतका विभिन्न क्षेत्रका व्यक्तिहरुले खादाले सम्मान गरे । बेलायत कांग्रेसका नेताहरु युवराज गुरुङ, विनोद मोक्तान, डा. मिन रानाभाट, कार्यक्रम आयोजकहरु बीरेन खड्का, शशी गुरुङ, रबिन गुरुङ, सिद्धार्थ क्षेत्री आदिले मिस्टर नेपाललाई स्वागत गर्दै सम्मान गरेका थिए ।
सहभागीले मिस्टर नेपाल गुरुङ देशकै गौरव भएको बताउंदै उनको अब केही साताको बेलायत भ्रमण सुःखद रहोस् भन्ने कामना गरे ।

कार्यक्रममा सानु गुरुङले स्वस्थ रहन फिटनेशको आवश्यकताबारे जोड दिए । स्वास्थ्य नै धन भएको बताउंदै गुरुङले युवाहरुलाई फिटनेशको टिप्स समेत बताएका थिए ।

तस्विरः शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री