लन्डन । प्रवासी नेपाली मञ्च बेलायत रेडिङ इलाका कमिटीको चौंथो अधिवेशन तथा वार्षिक पारिवारिक भेटघाट रेडिङको थेम्स भ्याली पार्कमा सम्पन्न भयो ।
उक्त अधिवेशनले प्रतिमा केसीको अध्यक्षतामा २२ सदस्यीय इलाका कमिटी चयन गरेको छ । कमिटीमा उपाध्यक्ष नारायण कंडेल र सचिवमा कृष्ण आचार्य चयन भएका छन् भने सल्लाहकारहरुमा प्रा. नारायण गुरुङ तथा डा. त्रिलोचन उप्रेती रहेको निर्वाचन कमिटीका सदस्य डा. कृष्ण रेग्मीले बताए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले रेडिङ इलाका कमिटीको अधिवेशन सफलताको कामना गर्दै निवर्तमान कमिटीको प्रशंसा गरे । उनले आफ्नो शुभकामना मन्तव्यमा रेडिङ बौद्धिक नेपालीहरुको जमात रहेको उर्बर ठाउं भएकाले आगामी दिनमा यस कमिटीमा यस क्षेत्रका अधिकांश नेपालीहरु समेटिएको देख्न पाउने आशा व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली मञ्च बेलायतका प्रचार विभाग प्रमुख कुमार केसी, सल्लाहकारद्वय कृष्ण भट्टराई र राजेन्द्र पुडासैनी, मञ्चका पूर्ब सचिब नारद भण्डारी, सदस्यद्वय डिल्ली घिमिरे र प्रतिमा केसी अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा प्रबासी नेपाली मञ्चका शुभेच्छुक तथा सदस्यहरु गरी करिब १५० जनाको सहभागिता थियो ।
कार्यक्रममा रेडिङ क्षेत्रका रहेका विभिन्न क्षेत्र तथा समुदायका सदस्यले प्रबासी नेपाली मञ्चको नयां सदस्यता लिएका थिए । नयां सदस्यता लिनेहरुमा डा. दामोदर पन्त, सानु पन्त, सिता लामिछाने, शारदा रेग्मी, टेक बहादुर गुरुङ, करम गुरुङ र सरस्वती खनाल रहेको मञ्चका प्रचार बिभाग प्रमुख कुमार केसीले बताए ।
पहिलो चरणको कार्यक्रम सञ्चालन रेडिङ इलाका कमिटीका उपाध्यक्ष भीमसेन खड्काले र अध्यक्षता कमिटीका अध्यक्ष सुबास दाहालले गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम प्रबासी नेपाली मञ्चका अध्यक्ष राम शरण सिम्खडा, डा. बिष्णु घिमिरे र डा. कृष्ण रेग्मी रहेको तीन सदस्यीय निर्बाचन मण्डलले सन्चालन गरेको थियो । पारिवारिक भेटघाट तथा बार्बीक्यू सहित गरिएको कार्यक्रमको अन्तमा विभिन्न गीत, गजल तथा मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
अधिबेसन शुरु हुनु अघि पूर्बी रेडिङ निर्बाचन क्षेत्रबाट लेबर पार्टीबाट बेलायतको हाउस अफ कमन्सका सांसद म्याट रोडासंग नेपाली समुदायका समसामयिक बिषयमा एक अनौपचारिक अन्तरक्रिया तथा परिचय कार्यक्रम समेत गरिएको थियो ।
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
नेपालको प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार