
लन्डन, ४ असार । बेलायतको लन्डनमा अवस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’ मा गत मंगलबार रातिको समयमा भएको आगलागीमा परी हराएका व्यक्तिहरु मारिएको आशङ्का गरिएको छ । ती व्यक्तिहरु मारिएका भए सो सङ्ख्या ५८ पुग्ने प्रहरी कमाण्डरले शनिबार बताउनु भएको छ ।
प्रहरी कमाण्डरका अनुसार यसअघि नै यस घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुष्टी भइसकेको थियो । मृतकको सङ्ख्या ५८ पुगेपछि पनि यो परिवर्तन हुन सक्ने अनुमान गरिएको पनि प्रहरी कमाण्डरले बताउनु भएको छ ।
बीबीसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ ।
ग्रेटफेल टावर लन्डनको पश्चिमी क्षेत्रमा पर्दछ । यो सन् १९७० को दशकमा बनेको हो । पटक पटक गरेर त्यसमा अहिले १२० ओटा फ्ल्याट छन् ।
बेलायती प्रधानमन्त्री टेरेसा मेले घटनामा पीडित परिवारजनलाई सहयोग गर्न सरकार तयार रहेको बताउनु भएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?