लन्डन । पश्चिम लन्डनस्थित २४ तले आवासीय भवन (ग्रेनफेल टावर) आगलागीमा ज्यान गुमाउनको संख्या बढ्दै गएको छ । मंगलबार राती एक बजे शुरु भएको आगलागीमा परि हालसम्म ३० जनाले ज्यान गुमाएको प्रहरीले शुक्रबार दिउसो जनाएको छ ।
मेट्रोपोलिटन पुलिस कमाण्डर स्टुआर्ट कन्डीले उपचार भइरहेका २४ मध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको बताए । अझै ७० जना भन्दा बढि हराइरहेका छन् । लन्डन फायर कमिश्नर ड्यानी कटनले ध्वस्त ब्लकबाट मृतक खोज्न कयौं हप्ता लाग्न सक्ने बताएकी छन् ।
प्रहरीले कतिपय शवको पहिचान नै गर्न नसकिएको बताएको छ । बेलायती सञ्चारमाध्यमले आगलागीबाट ज्यान गुमाउनेको संख्या एकसय भन्दा बढि हुन सक्ने उल्लेख गरेका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीय र राजकुमार विलियमले शुक्रबार पीडितलाई आश्रय लिइरहेका स्थानमा गएर भेटेका छन् । भेटमा महारानीले घट्नाबारे चासो राख्दै सहानुभूति प्रकट गरेकी थिइन् ।
प्रधानमन्त्री टेरेजा मेले आगलागीको सार्वजनिक छानवीन गर्न आदेश दिएपनि उनले घट्नास्थल निरिक्षणका क्रममा पीडित परिवारलाई नभेटी फर्किएर मानवीयता समेत नदेखाएको भन्दै आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्री मेले चेल्सी र वेष्टमिनिष्टर अस्पताल पुगेर त्यहां उपचारार्थ ८ जना विरामीलाई भने भेटेकी छन् ।
लन्डन मेयर सादिक खानले पनि बिहीबार टावरवासीको कडा आक्रोश सामना गरे । आक्रोशित भीडले मेयर खानसंग आगलागीको जिम्मेवार को हो जवाफ मागिरहेका थिए । झण्डै १८ सय नागरिकले न्याय माग्दै शुक्रबार सांझ वेष्टमिनिष्टरमा प्रदर्शन गर्ने कार्यक्रम छ ।
सन् १९७४ मा निर्मित १२० फल्याट रहेको उक्त टावरमा २४ घण्टासम्म लगातार आगो बलिरहेको थियो । स्कटल्याण्ड यार्डले घट्ना कसरी घट्यो भन्नेबारे अपराधिक अनुसन्धान थालिएको जनाएको छ । प्रतिपक्ष लेबर पार्टीका सांसद डेभिड ल्यामीले घट्नालाई ‘संस्थागत मानवहत्या’ को संज्ञा दिंदै सत्यतथ्य छानवीन गरि दोषीलाई कारवाही गरिनुपर्ने माग गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा