लन्डन । पश्चिम लन्डनस्थित २४ तले आवासीय भवन (ग्रेनफेल टावर) आगलागीमा ज्यान गुमाउनको संख्या बढ्दै गएको छ । मंगलबार राती एक बजे शुरु भएको आगलागीमा परि हालसम्म ३० जनाले ज्यान गुमाएको प्रहरीले शुक्रबार दिउसो जनाएको छ ।
मेट्रोपोलिटन पुलिस कमाण्डर स्टुआर्ट कन्डीले उपचार भइरहेका २४ मध्ये १२ जनाको अवस्था चिन्ताजनक रहेको बताए । अझै ७० जना भन्दा बढि हराइरहेका छन् । लन्डन फायर कमिश्नर ड्यानी कटनले ध्वस्त ब्लकबाट मृतक खोज्न कयौं हप्ता लाग्न सक्ने बताएकी छन् ।
प्रहरीले कतिपय शवको पहिचान नै गर्न नसकिएको बताएको छ । बेलायती सञ्चारमाध्यमले आगलागीबाट ज्यान गुमाउनेको संख्या एकसय भन्दा बढि हुन सक्ने उल्लेख गरेका छन् ।
बेलायती महारानी एलिजावेथ द्वितीय र राजकुमार विलियमले शुक्रबार पीडितलाई आश्रय लिइरहेका स्थानमा गएर भेटेका छन् । भेटमा महारानीले घट्नाबारे चासो राख्दै सहानुभूति प्रकट गरेकी थिइन् ।
प्रधानमन्त्री टेरेजा मेले आगलागीको सार्वजनिक छानवीन गर्न आदेश दिएपनि उनले घट्नास्थल निरिक्षणका क्रममा पीडित परिवारलाई नभेटी फर्किएर मानवीयता समेत नदेखाएको भन्दै आक्रोश व्यक्त भएको छ । प्रधानमन्त्री मेले चेल्सी र वेष्टमिनिष्टर अस्पताल पुगेर त्यहां उपचारार्थ ८ जना विरामीलाई भने भेटेकी छन् ।
लन्डन मेयर सादिक खानले पनि बिहीबार टावरवासीको कडा आक्रोश सामना गरे । आक्रोशित भीडले मेयर खानसंग आगलागीको जिम्मेवार को हो जवाफ मागिरहेका थिए । झण्डै १८ सय नागरिकले न्याय माग्दै शुक्रबार सांझ वेष्टमिनिष्टरमा प्रदर्शन गर्ने कार्यक्रम छ ।
सन् १९७४ मा निर्मित १२० फल्याट रहेको उक्त टावरमा २४ घण्टासम्म लगातार आगो बलिरहेको थियो । स्कटल्याण्ड यार्डले घट्ना कसरी घट्यो भन्नेबारे अपराधिक अनुसन्धान थालिएको जनाएको छ । प्रतिपक्ष लेबर पार्टीका सांसद डेभिड ल्यामीले घट्नालाई ‘संस्थागत मानवहत्या’ को संज्ञा दिंदै सत्यतथ्य छानवीन गरि दोषीलाई कारवाही गरिनुपर्ने माग गरेका थिए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित