अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइमा व्यवसायी भट्टको सक्रियता


काठमाण्डौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ कार्यक्रम जुन अन्तिमबाट शुरु हुने भएको छ । शुक्रबार सरसफाइ कार्यक्रम गर्ने सम्वन्धि एक सम्झौता पत्रमा एनआरएनए अतिथी देवो भव अभियानका तर्फबाट एनआरएनए उपाध्यक्ष भवन भट्ट र विमानस्थल पदाधिकारीबीच हस्ताक्षर भएको छ ।

फोहोर व्यवस्थापन हुन नसक्दा विमानस्थल उत्रने बित्तिकै विदेशी पर्यटकको आंखामा नकारात्मक छाप परेको तथ्य मध्यनजर गर्दै यही जुन २९ देखि सरसफाइ कार्यक्रम शुरु गरिने एनआरएनए उपाध्यक्ष भवन भट्टले जनाए । भट्टले यस अभियानमा सबैलाई साथ दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री