
प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी र चिनियाँ राजदूत यु होङले आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको सो भेटमा प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच आपसी हित र द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुराकानी भएको छ ।
त्यसैगरी चिनियाँ राजदूत होङसँग पनि दुई देशबीचको सम्बन्धलाई आगामी दिनमा थप सशक्त बनाउने र आपसी सहयोगबारे कुराकानी भएको प्रधानमन्त्रीको कार्यालय, सिंहदरबारले जनाएको छ ।
देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि दुवै राजदूतको यो पहिलो भेट हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदबारमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले भेटवार्ता गर्नुहुँदै । तस्बिर ः रोशन सापकोटा, रासस
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित