
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ दलका शीर्षनेताहरु बिहीबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग दोस्रो चरणको स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १ असार । निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको असार १४ गते हुने निर्वाचनका लागि दृढ भएर अघि बढ्न सरकार र राजनीतिक दललाई सुझाव दिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुसँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उक्त सुझाव दिनुभएको हो ।
छलफलपछि प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोग यही असार १४ गते हुने निर्वाचनमा केन्द्रित भएर आफ्ना सबै काम अघि बढाइरहेकामा सरकारको तर्फबाट त्यसमा सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “आयोगले असार १४ गतेको निर्वाचनका लागि दृढ भएर अघि बढौँ भन्ने आग्रह गरेको छ ।”
सुकै निर्वाचन गर्दा पनि केही न केही अप्ठेरो हुन्छ भन्दै उहाँले गृहमन्त्रालयले निर्वाचनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिएकाले निर्वाचनको बारेमा अब कुनै अन्योलमा नबस्न आग्रह गर्नुभयो ।
निर्वाचनको सन्दर्भमा सरकारका तर्फबाट उपलब्ध गराइएको साधन स्रोत र सुरक्षाको प्रत्याभूतिप्रति विश्वस्त भएर निर्वाचनको जिम्मेवारी पूरा गर्ने ऐक्यबद्धताका साथ भोलि हुने मनोनयन र १४ गतेको निर्वाचनका लागि हामी अघि बढिरहेका छौँ – प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो ।
आयोगको तर्फबाट सो अवसरमा निर्वाचनका लागि भएको सम्पूर्ण तयारीको बारेमा जानकारी गराएकामा आयोगका कामप्रति सरकार र सत्तासाझेदार दलको तर्फबाट धन्यवाद व्यक्त भएको थियो ।
छलफलमा नेपाली काँग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेताहरु विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव तथा गृहमन्त्री जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो ।
सो अवसरमा आयुक्तहरु इला शर्मा, नरेन्द्र दाहाल, ईश्वर पौडेल र सुधीर शाहका साथै आयोगका सचिव गोपीनाथ मैनाली सहभागी हुनुहुन्थ्यो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र