नेपाली जनप्रगतिशील मञ्च बेलायतको रेडिङ क्षेत्रीय समिति गठन

दिपक गुरुङ

लन्डन । नेपाली जनप्रगतिशील मञ्च बेलायतको रेडिङ क्षेत्रीय समिति गठन भएको छ । गत जुन १२ मा भएको भेलाले दिपक गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । उक्त कार्यसमितिमा उपाध्यक्ष तेन्जी पाख्रिन, सचिव विलास लामिछाने, सहसचिव रोशनमणी राई, कोषध्यक्ष भेष पुन र सह कोषाध्यक्षमा तुलबहादुर गुरुङ चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा गंगामाया गुरुङ, कमल गुरुङ, लालप्रसाद गुरुङ, गोबिन्दप्रसाद अर्मजा, शिव गुरुङ आदि चुनिए ।

नेपालको राजनैतिक परिवर्तनलाई बेलायतबाट सहयोग र समर्थन गर्दै आएको पुरानो र जुझारु संगठन प्रगतिशील नेपाली समाज बेलायतले हालै अधिवेशन मार्फत नाम परिवर्तन गर्दै नेपाली जनप्रगतिशील 
मञ्च बेलायत गठन गरे पश्चात क्षेत्रीय समिति गठन तीव्र बनाएको छ । बेलायतको विभिन्न ११ क्षेत्रीय समिति गठनलाई तीब्रता दिदै रेडिङ क्षेत्रीय समिति पुनर्गठन गरिएको हो ।

नयां कार्यसमितिको घोषणा तथा बधाई दिंदै नेपाली जनप्रगतिशील मञ्च बेलायतका अध्यक्ष सुरेश गौतमले क्षेत्रीय समितिलाई रेडिङ क्षेत्रमा भएका संघसंस्था तथा स्थानीय नेपालीको समस्यामा एकाकार भएर काम 
गर्न सुझाए । उनले प्रगतिशील विचार राख्ने जो कोही पनि संस्थाको सदस्य हुन सक्ने भएकाले परिवर्तनकारी सम्पूर्ण रेडिङवासीलाई संस्थाको झण्डामुनी गोलबन्द हुन आव्हान पनि गरे ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र बेलायतका अध्यक्ष रण केसी, भेला आयोजक समितिका सदस्य कर्ण शाही, सुरेन्द्र श्रेष्ठ, सुरेशजंग शाह लगायतले क्षेत्रीय समितिलाई वधाई एवं शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री