
सिंहदरबारमा बसेको प्रमुख दलहरुको बैठकमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख दलका शीर्षनेता लगायत । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ३० जेठ । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा राष्ट्रिय जनता पार्टीको सहभागिता कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने विषयमा आज प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ ।
आगामी असार १४ गतेका लागि तोकिएको सो निर्वाचनपूर्व संविधान संशोधनलगायत आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका नेताबीच आज भएको छलफलमा निर्वाचनमा आउने लिखित प्रतिबद्धता दिएमा राजपाका मागहरुबारे आफूहरु सकारात्मक हुने स्पष्ट गरिएको छ ।
ती दलले बुधबार दिउँसो ४ बजे राजपासहित संयुक्त बैठक बसी सो विषयमा सहमतिमा पुग्ने प्रयास गर्ने जनाएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको छलफलपछि प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले निर्वाचन सार्न वा नगराउन खोजेको हो वा के गर्न खोजेको हो ? आफ्नो दलले नबुझे पनि असार १४ मै बाँकी चार प्रदेशको स्थानीय तहको निर्वाचन हुनुपर्ने बैठकमा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निर्वाचन अगाडि संविधान संशोधन हुन सक्दैन, निर्वाचनपश्चात् संशोधनलगायत मुलुक भित्रका उठेका समस्या समाधानका लागि छलफल गर्न एमाले सदैव तयार छ । संशोधन हुन सक्दैन भन्ने हाम्रो भनाइ होइन तर सत्ता पक्षले राजपालाई आफ्नो हितमा उपयोग गर्ने गरी निर्वाचन बहिष्कार गराउन खोजेको हो कि भन्ने शङ्का पैदा भएको छ ।”
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन सार्ने नभई कसरी राजपालाई सहभागी गराउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको स्पष्ट पार्नुभयो ।
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले सरकार असार १४ मै निर्वाचन गराउन प्रतिबद्ध रहेकाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता व्यक्त गरेमा राजपाले उठाएका मागबारे प्रमुख दलबीच संयुक्त रुपमा सहमतिमा पुग्ने प्रयास भइरहेको जनाउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी हुनुहुन्थ्यो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र