लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीको साधारणसभा आगामी २२ जुलाइमा हुने भएको छ । कम्युनिटीको कार्यसमिति बैठकले रसमुर कम्युनिटी सेन्टर, हल नम्बर ५ मा बिहान साढे ११ बजे साधारणसभा तय गरेको हो । उक्त साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने कम्युनिटी वरिष्ठ उपाध्यक्ष जीव बेल्वासेले जानकारी दिए । निर्वाचन सम्पन्न गर्न एकेन्द्र गुरुङको अध्यक्षतामा सह-अध्यक्ष मेजर कुल थापा, सचिव रोहित गुरुङ, सदस्य पदम राइ र रत्न राई रहने गरि निर्वाचन कमिटी गठन गरिएको छ ।
निर्वाचनमा भाग लिन १५ जुलाई, ५ बजेसम्म सदस्यता लिने समयसीमा तोकिएको छ । सदस्यता फाराम भरेर निम्न ठेगाना 14 Homelea Close, Farnborough Hants GU14 8HH मा पठाउन कम्युनिटीले आग्रह गरेको छ । कम्युनिटीले उक्त साधारण सभामा सहभागी भइ सफल पारिदिन समेत सबैमा आग्रह गरेको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार