काठमाडौँ, ३० जेठ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेबीच सहरी व्यवस्थापनबारे छलफल भएको छ ।
सोमबार भएको भेटका क्रममा कामनपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशमा बसेका नेपालीले काठमाडौँको समृद्धिका लागि लगानी गर्ने हो भने लगानीमैत्री नीति निर्माण सकिने बताउनुभएको छ ।
नेपालको राजधानी सहर काठमाडौँको व्यवस्थापनका लागि व्यावसायिक सहभागिता मात्र होइन सामाजिक उत्तरदायित्वका कोणबाट पनि सहभागिता जनाउन सकिन्छ, प्रमुख शाक्यले बताउनुभयो ।
काठमाडौँमा सम्पन्नता मात्र छ, यहाँ हुने मान्छे मात्र छन् भनेर सोच्नु हुँदैन, सहरभित्रै पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिकरुपमा उत्थान गर्नुपर्ने मानिस पनि छन्, भेटका क्रममा प्रमुख शाक्यको भनाइ थियो ।
“नेपालबाट विदेश पुगेका धेरै नेपालीले २०७२ सालको भूकम्पपछि आफ्नो भूमिलाई सम्झिएका छन् । धेरै लगानी पठाएका पनि छन् । यसरी केही गर्छु भन्नेलाई वातावरण दिनुपरयो”, सोमबार भएको भेटका क्रममा गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले भन्नुभयो ।
आफूले काठमाडौँको समृद्धिका लागि देखिने काम गरिरहेको बताउँदै घलेले भन्नुभयो– यस प्रकारका ठूला परियोजना सञ्चालन गर्नेका लागि छुट्टै नीतिगत व्यवस्था गरिदिनु पर्छ । लागत, सहभागिता, गुणस्तरलगायतका पक्षबाट साना लगानीका परियोजना र ठूला लगानीका परियोजना छुट्टै हुन् ।
भेटकाक्रममा प्रमुख शाक्य र अध्यक्ष घलेबीच सहरी सुविधा तथा सहरी व्यवस्थापनमा सम्भावित लगानीका विषयमा कुराकानी भएको थियो ।
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित
अमेरिकामा मौसमी फ्लुको प्रभाव कायमै, अस्पताल भर्ना दुई लाख ३० हजार
नेपाली कांग्रेस (देउवा पक्ष) निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने
सरल छविका थिए प्रशान्त तामाङ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो