लन्डन । लेबर पार्टीको प्रतिनिधित्व गर्दै इलिङ साउथहलबाट चौंथोपटक सांसद बनेका बीरेन्द्र शर्मालाई यतिखेर बधाइको ओइरो छ । शर्माले गत बिहीबार सम्पन्न बेलायतको संसदीय निर्वाचनमा ३१ हजार ७ सय २० मत ल्याएर विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी कन्जरभेटिभ पार्टीका फाबियो कोन्टीले जम्मा ९ हजार ६३० मत ल्याएका थिए ।
शर्माको विजयले नेपाली समुदाय पनि प्रसन्न छ । भूपू गोर्खा र नेपाली समुदायसंग निकट मानिने शर्मालाई सामाजिक अभियन्ताहरुले घरै गएर बधाइ दिइरहेका छन् । सप्ताहन्त सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, समाजसेवी हरि केसी, रिटायर्ड पाइलट रत्न सागर श्रेष्ठले ढाका टोपी र खादाले सम्मान गर्दै बधाइ दिए ।
शर्माले आफ्नो जीतमा नेपाली समुदायको समेत भूमिका स्मरण गर्दै धन्यवाद दिएका थिए । उनले नेपाली समुदायलाई समेत बेलायतको मुलधार राजनीतिमा आउन सुझाव दिएका छन् ।
शर्मा अघिल्लो संसदमा सर्वदलीय संसदीय समितिको गोर्खा वेलफेयर अध्यक्ष थिए । नेपालीका प्राय कार्यक्रममा उपस्थित हुने उनले पटक पटक नेपाल भ्रमण समेत गरिसकेका छन् ।
बीरेन्द्र शर्मा पहिलो पटक सन् २००७, १९ जुलाइमा सांसद निर्वाचित भएका थिए ।
भारतीय मुलका शर्मा सन् १९६८ मा बेलायत आएका थिए । इलिङमा मेयरसहित २५ वर्ष काउन्सिलर भएका शर्मा शुरुमा हयान्बेल बस्थे र २०७ रुटको बसमा कन्डक्टरको काम गर्थे ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ