नयाँदिल्ली, २९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना समसामयिक विषयमा भेट्वार्ता हुने भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।
विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लाग्नु भएको भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटबार्ता गर्न लाग्नु भएको जनाइएको छ ।
प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी बासिङटनमा जानुहुनेछ । भ्रमणका क्रममा हुने आपसी चासोका विषयमा उहाँहरुवीच हुने छलफलले दुई पक्षीय हितका लागि मार्ग निर्देश गर्ने विज्ञप्तिमा जनाइएकोे छ ।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिएको बेला गत जनवरीमा मोदीलाई भ्रमणका लागि वासिङ्टनको भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।
फोन कुराकानीका क्रममा ट्रम्पले अमेरिका र भारत विश्वका चुनौतीहरु सामना गर्ने र समाधान गर्ने सहयात्री देशहरु भएको बताउनु भएको थियो ।
तर यही महिना ट्रम्पले पेरिस जलवायु सम्झौता अमेरिकालाई अमान्य हुने घोषणा गर्नुभएको थियो ।
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान