नयाँदिल्ली, २९ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वासिङटनमा यसै महिना समसामयिक विषयमा भेट्वार्ता हुने भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।
विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लाग्नु भएको भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ । मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटबार्ता गर्न लाग्नु भएको जनाइएको छ ।
प्रधानमन्त्री मोदी दुई दिने औपचारिक भ्रमणका लागि अमेरिकाको राजधानी बासिङटनमा जानुहुनेछ । भ्रमणका क्रममा हुने आपसी चासोका विषयमा उहाँहरुवीच हुने छलफलले दुई पक्षीय हितका लागि मार्ग निर्देश गर्ने विज्ञप्तिमा जनाइएकोे छ ।
राष्ट्रपति ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि बधाई दिएको बेला गत जनवरीमा मोदीलाई भ्रमणका लागि वासिङ्टनको भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो ।
फोन कुराकानीका क्रममा ट्रम्पले अमेरिका र भारत विश्वका चुनौतीहरु सामना गर्ने र समाधान गर्ने सहयात्री देशहरु भएको बताउनु भएको थियो ।
तर यही महिना ट्रम्पले पेरिस जलवायु सम्झौता अमेरिकालाई अमान्य हुने घोषणा गर्नुभएको थियो ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर