काठमाडौँ, २८ जेठ । भूकम्प प्रभावित ३१ जिल्लामा १० लाख ५२ हजार ९४८ आवासीय निजी घरको क्षति मूल्याङ्कन गरिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ गरी ३१ जिल्लाको क्षतिको विवरण सङ्कलन गरी सार्वजनिक गरिएको प्रतिवेदनमा सो क्षति मूल्याङ्कन गरिएको हो ।
क्षति भएका घरमा बस्ने १० लाख ३६ हजार ५६८ परिवारको जनसाङ्ख्यिक, सामाजिक र आर्थिक विवरण पनि सङ्कलन गरिएको विभागका निर्देशक ज्ञानेन्द्र बज्राचार्यले जानकारी दिनुभयो ।
पहिलो चरणमा भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा गरी ११ जिल्लामा सम्पूर्ण घर तथा परिवारको पूर्ण गणना गरिएको थियो ।
दोस्रो चरणमा अति प्रभावित उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा स्थानीय निकायबाट प्राप्त भूकम्प प्रभावित पीडित विवरणका आधार (भेरिफिकेसन मोडल)मा सूचना सङ्कलन गरिएको विभागले जनाएको छ ।
तेस्रो चरणमा भूकम्प कम प्रभावित धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, चितवन, तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, पर्वत, म्याग्दी, अर्घाखाँची र नवलपरासी गरी १७ जिल्लामा पनि स्थानीय निकायबाट प्राप्त भूकम्प प्रभावित पीडित विवरणको आधार (भेरिफिकेसन मोडल)मा सूचना सङ्कलन गरिएको थियो ।
भूकम्प अति प्रभावित १४ जिल्लामा पूर्ण रुपमा भत्किएका ३५ प्रतिशत, आंशिक क्षति भएको तर ठडिएको अवस्थामा रहेका ५७ दशमलव ६ प्रतिशत र क्षति नभएको ७ दशमलव ४ प्रतिशत घर रहेका छन् । यसैगरी, भूकम्प प्रभावित १७ जिल्लामा पूर्णरुपमा भत्किएका १५ प्रतिशत, आंशिक क्षति भई ठडिएको अवस्थामा रहेका ८१ दशमलव ४ प्रतिशत र क्षति नभएको ३ दशमलव ६ प्रतिशत घर रहेका छन् ।
भूकम्प अति प्रभावित १४ जिल्लामा गम्भीर क्षति भएका छ लाख ८९ हजार ५०९ र कम प्रभावित १७ जिल्लामा एक लाख तीन हजार ४७८ घर रहेको विभागले जनाएको छ ।
जिल्लागत रुपमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा ९६ दशमलव १, रसुवामा ९४ दशमलव ४, नुवाकोटमा ९२ दशमलव ३, भक्तपुरमा ९२ दशमलव ३ र दोलखामा ९२ दशमलव १ प्रतिशत घर पूर्ण रुपमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ । गम्भीर क्षति भएका घरमध्ये माटो र ढुङ्गाले बनेको ८४ दशमलव २, सिमेन्ट र इँट्टाले बनेका ‘वाल सिस्टम’ का ५ दशमलव ४, सिमेन्ट, रड, इँट्टा-ढुङ्गाले बनेका ४ दशमलव १, बाँस-काठले बनेका ५ दशमलव ८ प्रतिशत घर छन् ।
तथ्याङ्क सङ्कलनमा विश्व बैंक र बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिफिड)ले छानेको अन्तर्राष्ट्रिय सेवा प्रदायक संस्था युनोप्समार्फत् छानिएका सर्वेयर इन्जिनियर, सुपरभाइजर र जिल्ला विकास समितिका सामाजिक परिचालक पनि सहभागी भएका थिए ।
भूकम्प प्रभावित जिल्लामा सङ्कलन गरिएको तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्याल, राष्ट्रिय योजना आयोगका सहसचिव तुलसीप्रसाद गौतम र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव एवम् सहप्रवक्ता डा भीष्मकुमार भुसालले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।
भूकम्प प्रभावित जिल्लामा तथ्याङ्क सङ्कलन गर्दा आर्थिक र सामाजिक अवस्थाको सूचना पनि लिइएको, क्षति भएका घर र घरधनीको तस्बिर पनि खिचिएकाले यसको उपयोग विकास निर्माण लगायतमा पनि गर्न सकिने उहाँहरुले बताउनुभयो । महानिर्देशक अर्यालले यो सर्वेक्षण अहिलेसम्मको सबैभन्दा बढी प्रविधियुक्त भएको बताउनुभयो । सङ्कलनकै क्रममा तथ्याङ्क प्राधिकरणलाई दिइएकाले अनुदान सम्झौता र पहिलो किस्ता वितरण सुरु भइसकेको सहप्रवक्ता भुसालले बताउनुभयो ।
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपाल निर्वाचन : समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कुन पार्टीलाई कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा