
भारत सरकारको तर्फबाट स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगलाई सहयोगस्वरुप उपलब्ध गराइएका सवारी साधन । तस्बिर ः रत्न श्रेष्ठ, रासस
राजविराज(सप्तरी), २८ जेठ । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ ।
आज विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उहाँले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सप्तरी उहाँको गृह जिल्ला पनि हो ।
आफ्नो माग पुरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख आयुक्तलाई कालो भण्डा देखाइ विरोध गरेका थिए । सो क्रममा प्रहरी र ती कार्यकर्ताबीच झडप समेत भएको थियो ।
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
रहेनन् अभिनेता सुनिल थापा
सगरमाथा गोर्खा नेप्लिज कम्युनिटीले फेब्रुअरी २२ मा आशफोर्डमा मोर्गेजसम्बन्धी कार्यक्रम गर्ने
बैतडी बस दुर्घटनामा मृतकको सङ्ख्या १३ पुग्यो [अपडेट]
बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु, ४५ जना घाइते