चितवन, २८ जेठ । दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।
सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा रयापिङ गरेर बाघको अनुगमन भइरहेको छ । यस अघि मध्यवर्ती क्षेत्रमा अनुगमन गरिँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले क्यामरा रयाफ्टिङमा दिनमा दुई-तीन पटक बाघ देखिएको भन्दै पहिले भन्दा बाघको सङ्ख्या बढी देखिएको बताउनुभयो ।
निकुञ्जमा घुम्न गएका पर्यटक, गस्तीमा गएका सुरक्षाकर्मी र निकुञ्जका कर्मचारीले पनि बाघ बढी देखेको भन्दै उहाँले सङ्ख्या बढेको हुन सक्ने अनुमान गर्नुभयो । बाघका आहार बढेको, चोरी सिकारी रोकिएका कारण पनि बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको उहाँले बताउनुभयो ।
सन् २०१७ को अन्त्यतिर बाघको गणना राष्ट्रिय रुपमा गरिने पनि प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले निकुञ्जलाई विभिन्न भागमा विभाजन गरेर क्यामरा रयापिङ थालिएको हो भन्नुभयो ।
उहाँका अनुसार १७ जोडी क्यामराले निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फको भागमा जेठ १४ गतेबाट क्यामरा रयापिङ सुरु गरिएको हो । क्रमशः अन्य क्षेत्रमा क्यामरा सारेर रयापिङ गरिँदै छ ।
नेपाल टाईगर ट्रष्टले यसअघि नवलपरासीको दाउन्नेदेखि मेघौलीसम्मका मध्यवर्ती क्षेत्रमा क्यामरा रयापिङ गरी बाघको अनुगमन गरेको थियो । विगत २२ वर्षदेखि क्यामरा रयापिङ गर्दै आउनुभएका प्राविधिक बाबुराम महतोले बाघ देखिने क्रम बढेको बताउनुभयो ।
ट्रष्टले मध्यवर्ती क्षेत्रको दाउन्नेमा गरेको रयापिङमा बाघ नपरेको भए पनि बाघको पदमार्ग भने भेटिएको बताउनुभयो । सो क्रममा मेघौलीमा भने बाघ भेटिएको उहाँले बताउनुभयो । हाल क्यामरा राखिएको कसरादेखि भिम्लेसम्मको क्षेत्रमा पनि क्यामरामा बाघ देखिएको उहाँले बताउनुभयो ।
प्राकृतिक पथप्रदर्शक (नेचर गाईड) राजु तामाङ अहिले पर्यटकले केही कुर्न सकेमा बाघ देख्न पाउने बताउनुभयो । उहाँका अनुसार माडीको रिउ क्षेत्र, दुधौरा पारीपट्टीको टेन्डीक्याम्प चोक र थपलिया तालमा बढी मात्रामा बाघ देखिने गरेको छ । साढे दुई दिनको पर्यटकको प्याकेज बनाउन थालेको भन्दै उहाँले यो प्याकेजमा बाघ देखाउन सकिएको बताउनुभयो ।
केही समयअघि रिउको भगइमा आफूले एकै ठाउँमा ६ वटा बाघ पर्यटकलाई देखाएको पथप्रदर्शक तामाङले बताउनुभयो । पहिले पहिले गैंँडा हेर्नका लागि मात्रै पर्यटक आउने गरेकोमा अहिले बाघ नै हेर्न आउने पर्यटकको सङ्ख्या पनि बढेको उहाँले बताउनुभयो ।
चरा अवलोकन गर्न जाने वर्ड एजुकेसन सोसाइटिका प्रतिनिधिले पनि बाघको सङ्ख्या बढेको अनुमान लगाएका छन् । सोसाइटिका निवर्तमान अध्यक्ष वासु विडारीले जङ्गल जाँदा बाघ देखिने क्रम बढेको बताउनुभयो । रिउ खोला छेउमा तीन वटा बच्चासहितको बाघ आफूले देखेको भन्दै उहाँले पथप्रदर्शकले पर्यटकलाई बाघ देखाउन पाएपछि उत्साहित भएको पनि बताउनुभयो ।
बाघको प्रमुख आहाराको रुपमा जरायो र चित्तललाई लिने गरिन्छ । योसँगै रतुवा, लघुना, गौरीगाईका बच्चा, गैंँडाका बच्चा पनि बाघले खाने गर्दछ । यी आहारा प्रजातिका जनावर बढेकाले पनि बाघको सङ्ख्या बढेको अनुमान गरिएको छ ।
सन् २०१० नोभेम्बर २३ मा रुसको पिटर्सवर्गमा बाघ पाइने देशका राष्ट्र प्रमुख सहभागी बाघ सम्मेलनले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पार्ने सङ्कल्प घोषणा गरेको थियो । बाघ पाइने १३ देशमध्ये नेपाल, भारत, भुटान, बङ्गलादेश र रुसमा बाघ उल्लेख्य ढ्ङ्गले बढिरहेको पाइएको छ । नेपालले सन् २०२२ सम्ममा कम्तीमा २५० वयस्क बाघ पुरयाउने लक्ष्य लिएको छ ।
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण