लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयको जन्मोत्सव मनाउने कार्यक्रम अन्तर्गत शनिबार अल्डरसटमा आयोजित भिक्टोरिया डेमा नेपालीको उल्लेख्य सहभागिता रहयो । नेपाली मौलिक भेषभुषामा सजिएका नेपालीहरुको नाचगान र नौमती पञ्चेबाजाले नेपालको झल्को दिलायो । परेडमा नेपाली विशेष आकर्षणको केन्द्र बने ।
ग्रेटर रसमुर नेपाली कम्युनिटीको पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिश समुदायसंग प्रत्यक्ष साझेदारी र सहकार्यमा भिक्टोरिया डे मनाइएको कम्युनिटी अध्यक्ष ओमप्रसाद थापाले जनाए । प्रथम नौमती बाजा समूहसहित कयौं नेपाली संघसंस्थाको सहभागितामा भिक्टोरिया डे मनाइएको हो ।
परेडमा विभिन्न धर्म, जात एवं संस्कृति झल्कने पहिरन लगाएका करिब तीनसय नेपाली सहभागी भए भने सडक छेउमा स्वागत गर्न हजारौं लाम लागेका थिए । नेपाली र नेपालीको क्रियाकलापबाट स्थानीय काउन्सिल प्रभावित भएको संस्थाका उपाध्यक्ष रामधन राईले बताए ।
कार्यक्रमले स्थानीय समुदाय र नेपाली समुदायबीचको दुरी हटाएको विश्वास वरिष्ठ उपाध्यक्ष जीब बेल्वासेको छ । कार्यक्रममा नेपाल झल्कने पोशाक सहित बीसीसी यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, साइ सेन्टर फानब्रो, क्षेत्री समाज यूके, तमुधिं यूके, मगर संघ यूके रसमुर शाखा, किरात सुनुवार सेवा समाज यूके, किरात राइ यायोख्खा, लम्जुङ्ग समाज यूके, पूर्व प्रहरी मञ्च यूके, थकाली समाज यूके, याक्थुङ्ग चुम्लुङ्ग, गेसो, मद्दत समूह, नया युवा, तमुधिं आमा समूह लगायत संस्थाहरुको प्रत्यक्ष सहभागिता रहेको बेल्बासेले बताए ।
बिहान ११.०० देखि सुरु भइ दिनभर चलेको उक्त कार्यक्रमको मार्चपास पछि कम्युनिटी अध्यक्ष ओम थापाले सबैलाई धन्यवाद दिए ।
उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमिति, सल्लाहकारहरु, समस्त संघ संस्था, पत्रकारहरु लगायतलाई संयोजक रन्जिता मल्ल र सहसंयोजक बीर बलालले आभार व्यक्त गरेका छन् ।
हरेक दुई वर्षमा आयोजना गरिने भिक्टोरिया डे अब ग्रेटर रसमुर नेपाली कम्युनिटीसहित नेपाली संघसंस्थाको सहयोग र स्थानीय काउन्सिलको आयोजनामा यस वर्षदेखि प्रत्येक वर्ष मनाउने निर्णय गरिएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?