लण्डन (बेलायत), २६ जेठ । बेलायती प्रधानमन्त्री टेरेजा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पाउण्ड स्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ ।
बेलायत यूरोपियन युनियन (इयू) बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् ।
स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सवैभन्दा तल १.२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सवैभन्दा माथि ८८.५९ मा कारोबार भएको थियो ।
तर बेलायती मुद्रामा आएको अवमुल्यनले लण्डन शेयर बजार उच्च विन्दुमा पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई भने राहत भएको र यसको प्रभाव शेयर बजारमा देखिएको बताइएको छ ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्पष्ट भइसकेको छ । मत परिणाम आउदै गर्दा सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री मेको चर्काे आलोचना पनि सुरु भएको छ । यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्काेगरी बाहिर आएका छन् । उहाँले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै व्यापक आलोचना भएको छ ।
प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उहाँको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ । यद्यपि प्रधानमन्त्री मेले निवाचनका कारण बेलायतको इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताउनुभएको छ । एक स्थानको नतिजा घोषणा नहुदासम्म प्रधानमन्त्रीको दललाई बहुमतका लागि चाहिने आठ स्थान नपुग भएको छ ।
शुक्रबार बिहानसम्ममा यहाँका ६५० मध्येका ६४९ स्थानको परिणाम आइसकेको छ । यसमध्ये कन्जर्भेटिभ पार्टीले सन् २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको थियो जुन घटेर ३१८ मा पुगेको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पुरयाएको छ ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा