लण्डन (बेलायत), २६ जेठ । बेलायती प्रधानमन्त्री टेरेजा मेको कन्जर्भेटिभ पार्टीले बिहीवार भएको मध्यावधि निर्वाचनमा बहुमत नल्याएपछि देखिएको राजनैतिक अनिश्चिततासँगै बेलायती मुद्रा पाउण्ड स्टर्लिङको मुल्यमा शुक्रबार गिरावट आएको छ ।
बेलायत यूरोपियन युनियन (इयू) बाट बहिर्गमन प्रक्रिया शुरु हुनुभन्दा केही दिन पहिले भएको निर्वाचनमा सत्तारुढ दललाई बेलायती जनताले अनपेक्षित मत परिणाम दिएका छन् ।
स्टर्लिङको शुक्रबार बिहान सात हप्ता यताकै सवैभन्दा तल १.२६३६ अमेरिकी डलरमा कारोबार भएको छ भने यूरो भने सात हप्तामा सवैभन्दा माथि ८८.५९ मा कारोबार भएको थियो ।
तर बेलायती मुद्रामा आएको अवमुल्यनले लण्डन शेयर बजार उच्च विन्दुमा पुगेको छ । बेलायत बाहिर रहेका स्टर्लिङमा कारोबार नगरी अन्य मुद्रामा कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीलाई भने राहत भएको र यसको प्रभाव शेयर बजारमा देखिएको बताइएको छ ।
बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने स्पष्ट भइसकेको छ । मत परिणाम आउदै गर्दा सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री मेको चर्काे आलोचना पनि सुरु भएको छ । यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्काेगरी बाहिर आएका छन् । उहाँले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै व्यापक आलोचना भएको छ ।
प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उहाँको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ । यद्यपि प्रधानमन्त्री मेले निवाचनका कारण बेलायतको इयूबाट बहिर्गमन प्रक्रियामा कुनै असर नपर्ने बताउनुभएको छ । एक स्थानको नतिजा घोषणा नहुदासम्म प्रधानमन्त्रीको दललाई बहुमतका लागि चाहिने आठ स्थान नपुग भएको छ ।
शुक्रबार बिहानसम्ममा यहाँका ६५० मध्येका ६४९ स्थानको परिणाम आइसकेको छ । यसमध्ये कन्जर्भेटिभ पार्टीले सन् २०१५ को निर्वाचनमा ३३१ स्थान बिजय गरेको थियो जुन घटेर ३१८ मा पुगेको छ भने लेबर पार्टीले पहिलेको २२९ बाट बढाएर २६१ पुरयाएको छ ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]