लन्डन, २६ जेठ । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने भएको छ । जसका कारण यहाँको राजनीतिक अस्थिरता थप बढ्नसक्ने बताइएको छ ।
यी परिणामहरु सार्वजनिक भएसँगै सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री टेरेजा मेको चर्काे आलोचना पनि सुरु भएको छ ।
निर्वाचनको परिणाम शुक्रबार बिहानसम्म अधिकांश रुपमा आइसकेको छ । नतिजा सार्वजनिक हुन थोरै मात्र बाँकी रहेकोले अब सत्तारुढ दलले स्पष्ट रुपमा बहुमत आर्जन गर्ने सम्भावना घटेको देखिएको छ ।
यससँगै प्रधानमन्त्री मेले आफ्नो पदबाट राजिनामा दिनुपर्ने आवाजहरु पनि चर्काेगरी बाहिर आएका छन् । उहाँले समय नपुग्दै निर्वाचनको आह्वान गरेका कारण पार्टीको यस्तो अवस्था आएको भन्दै प्रधानमन्त्री मेको दलबाट नै यस्तो विरोध आएको बताइएको छ ।
प्रधानमन्त्रीको दलको यो अवस्थासँगै उहाँको पुरानो एजेण्डका रुपमा रहेको युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको विषय पनि अन्योलमा पर्ने सम्भावना देखिएको छ ।
६५० सिटमध्ये शुक्रबार बिहानसम्ममा प्रधानमन्त्रीको दल कन्जरभेटिभले ३१८ स्थानमात्र हात पारेको छ । त्यस्तै विपक्षी लेबर पार्टीले २६१ स्थानमा विजय हासिल गरेको बताइएको छ ।
प्रधानमन्त्री मेलाई निर्वाचनको समय नपुग्दै अर्थात करिब तीन बर्षअगावै मध्यावधि निर्वाचनको आह्वान गरेकोमा यसअघि नै चर्काे मात्रामा आलोचना भएको थियो ।
निर्वाचनमा मुलत बेलायती प्रधानमन्त्री टेरेजा मे र लेबर पार्टीका नेता जेर्मी कोरबिनको बीचमा प्रतिश्पर्धा हुने देखिएको बताइएको थियो । तर पनि निर्वाचनका सर्वेक्षणहरुले पछिल्लो समयमा प्रधानमन्त्रीको आलोचना बढेको र निर्वाचनमा पराजय हुनपनि सक्ने देखाएका थिए ।
तर पनि निर्वाचनको धेरै अघि अथवा लन्डनमा पछिल्लो पटक भएको आतङ्ककारी हमलाभन्दा अघिको अवस्था हेर्दा प्रधानमन्त्री थेरेसा मेको पक्षमा जनमत बढी भएको जस्तो देखिन्थ्यो । तर पनि पछिल्लो समयमा भने लेबर पार्टीका नेता जेर्मी कर्बिनका पक्षमा पनि ठूलो जनमत देखिएको बताइन्छ ।
त्यसैगरी केही समययतादेखि बेलायतमा आतङ्ककारी हमलाको त्रास बढ्दो मात्रामा रहेको र यसले पनि यस निर्वाचनमा सुरक्षाका विषयलाई लिएर विभिन्न प्रश्न जन्मिएको थियो ।
बेलायतमा निरन्तर रुपमा भइरहेको आतङ्ककारी हमलाका कारण प्रधानमन्त्री मेको निकै आलोचना भएको छ । पछिल्लो समय गतहप्ता मात्र पनि बेलायतमा यस्तै हमला भएको थियो ।
शान्ति सुरक्षा चुस्त राख्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको हो । सोही कारणले गर्दा पनि उहाँको लोकप्रियता पछिल्लो समयमा घट्दा निर्वाचन परिणाम पनि त्यस्तै प्रकृतिको आउनसक्ने अनुमान गरिएको थियो ।
तर लेबर पार्टीका नेताको पक्षमा मात्र पनि यो परिणाम जानसक्ने अवस्था नदेखिएको बताइएको छ । विपक्षी लेबर पार्टीले पनि स्पष्ट बहुमत हासिल गर्न नसक्ने र संयुक्त सरकार निर्माणको अवस्था आउन सक्ने अधिकारीहरुको पूर्वानुमान छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]