प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलैना बि टेप्लिज भेटवार्ता गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिजले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गर्र्नुभयो ।

सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाई दिँदै उहाँको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिनुभयो ।

भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री