
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार नेपाल विद्यार्थी सङघले पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आयोजना गरेको स्थानीय निर्वाचन परिचालन विषयक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको ‘स्थानीय निर्वाचन परिचालन’ विषयक अभिमुखीकरण कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो – “निर्वाचन जिताउन विद्यार्थीहरुको ठूलो भूमिका हुन्छ, तपाईंहरु निर्वाचनमा लाग्नुहोस् ।”
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टीभित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै काँग्रेसलाई जिताउन नेविसङ्घले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान