लन्डन, २४ जेठ । बेलायत प्रहरीले लन्डन ब्रिजमा आक्रमणको आरोपमा बुधबार थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले ३० वर्षीय युवकलाई पक्राउ गरेको जनाइएको छ । पूर्वी लन्डनको इल्फोर्ड उपनगरमा ती व्यक्तिलाई पक्राउ गरिएको हो । लन्डनका दुई स्थानमा गत शनिबार राती भएको आक्रमणमा ८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४८ जना घाइते भएका थिए ।
आक्रमणको इस्लामिक स्टेट्स् (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको थियो । आक्रमणको आरोपमा हालसम्म अन्य १२ व्यक्ति पक्राउ परी सकेका छन् ।
लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले बार र रेष्टुरेन्टमा जथाभावी छुरा प्रहार गरेका थिए ।
बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतङ्ककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायतकै लन्डन ब्रिज नजिक अर्को भीषण आतङ्ककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप नै भयभीत भएको थियो ।
मारिनेमा थप एक फ्रान्सेली
यसैबीच लन्डनमा भएको हमलामा परी मारिनेमा अर्का एकजना फ्रेन्च पनि परेका छन् । फ्रान्सेली विदेशमन्त्री जिन एभ्स लि ड्रियनले सो बारेमा जानकारी दिनुभएको छ । ‘यस घटनाले मलाई निकै नै दुःख लागेको छ’, उहाँले बुधबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा भन्नुभएको छ ।
लन्डनमा ब्रिजमा भएको हमलमा परी यसअघि नै एकजना फ्रान्सेली नागरिकको ज्यान गएको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता