
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारकमा सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै । तस्बिर ःरोशन सापकोटा, रासस
काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपछि उहाँ सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवा मङ्गलबार प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो ।
यसैबीच, प्रधानमन्त्री देउवा आजै नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपा जानु भई काँग्रेसका संस्थापक एवम् दिवङ्गत शीर्ष नेताहरुको तस्विरमा माल्र्यपण गर्नुभयो ।
उहाँले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् काँग्रेसका नेता बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको तस्बिरमा माल्यर्पण गर्नुभएको थियो ।
यसैगरी प्रम देउवाले कार्यालयस्थित आफ्नो पार्टी सभापतिको कार्यकक्षमा गई एक छिन बस्नुभएको थियो । पार्टी कार्यालयमा पुग्दा नवनिर्वाचित प्रमलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गर्नुभएको थियो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा