
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रीपरिषद् बैठक बस्दै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २४ जेठ । सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, सङ्क्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी, संविधानमा व्यवस्था भए अनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र सङ्घको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शाान्ति प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने कामलाई सरकारले प्राथमिकतामा राखेको छ ।
बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषद्को प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा