
चीन–तिब्बत सांस्कृतिक मञ्चको मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन ची, नेपालका लागि चीनका राजदूत यु होङलगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार गठन भए पनि एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहने बताउँदै नेपालप्रति आशङ्का नगर्न चिनियाँ मित्रहरुलाई आग्रह गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त पुरानो रहेको र भृकुटी र स्रङ्चङगम्पोले अझ मजबुत तुल्याएको बताउँदै नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने दृढता व्यक्त गर्नुभयो ।
तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बुद्ध धर्म हो भन्दै शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालप्रति चिनियाँहरुमा अगाध स्नेह रहेको बताउनुभयो ।
नेपाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल–चीन जनस्तरको सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ लिनुपर्नेमा जोड दिनुभयो । दुईदिनसम्म सञ्चालन हुने उक्त मञ्चमा चीनका १७ र नेपाली १५ जना विद्वानले भाग लिएका छन् । साथमा तिब्बतसम्बन्धी तस्बिर र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै