
चीन–तिब्बत सांस्कृतिक मञ्चको मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन ची, नेपालका लागि चीनका राजदूत यु होङलगायत । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, २३ जेठ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले ‘एक क्षेत्र एक मार्ग’ परियोजनामा नेपालले हस्ताक्षर गरेपछि पारस्परिक सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।
चीन–तिब्बत सांस्कृतिक मञ्चको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्री महराले परम्परागत नेपाल–चीन सम्बन्ध पछिल्ला दिनमा अझ विस्तारित भएको बताउनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार गठन भए पनि एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहने बताउँदै नेपालप्रति आशङ्का नगर्न चिनियाँ मित्रहरुलाई आग्रह गर्नुभयो ।
नेपालका लागि चीनका राजदूत यु होङले चीन र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त पुरानो रहेको र भृकुटी र स्रङ्चङगम्पोले अझ मजबुत तुल्याएको बताउँदै नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहने दृढता व्यक्त गर्नुभयो ।
तिब्बतसम्बन्धी चिनियाँ अनुसन्धान केन्द्रका नायब महानिर्देशक आन चीले नेपाल र चीनबीचको सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण आधार बुद्ध धर्म हो भन्दै शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालप्रति चिनियाँहरुमा अगाध स्नेह रहेको बताउनुभयो ।
नेपाल अरनिको समाजका अध्यक्ष सर्वोत्तम श्रेष्ठले नेपाल–चीन जनस्तरको सम्बन्धलाई पनि उत्तिकै महत्वका साथ लिनुपर्नेमा जोड दिनुभयो । दुईदिनसम्म सञ्चालन हुने उक्त मञ्चमा चीनका १७ र नेपाली १५ जना विद्वानले भाग लिएका छन् । साथमा तिब्बतसम्बन्धी तस्बिर र पुस्तक प्रदर्शनी पनि आयोजना गरिएको छ ।
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार