नदी डुल्छ मेरो धरामाझ खास
नदी फुल्छ मेरा गरामा गुरांस
म बांचू र मेरै नदी कल्कलाऊं
म हांसु र मेरै नदीमा हराऊं
विश्व वातावरण दिवसको सन्दर्भमा बेलायतका श्रष्टाहरुले नौलो कार्यक्रम गरे । वातावरण काव्य गोष्ठी र पुरस्कार पनि बिरुवा । लन्डनमा आयोजित वातावरण काव्य गोष्ठीमा उत्कृष्ट रचनाका लागि कवि दुर्गाप्रसाद पोखरेलले पुरस्कार स्वरुप लालीगुरांसको विरुवा प्राप्त गरेका छन् । सो पुरस्कार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु क्षेत्री) ले प्रदान गरेका हुन् ।
राजदूत सुवेदीले वातावरण दिवसको सन्दर्भमा बेलायतमा रहेका विभिन्न साहित्यिक संस्थाहलाई संयोजन गरेर काव्यगोष्ठी हुनु सारै सराहनीय भएको बताए । बेलायतमा रहेका विभिन्न साहित्यिक संस्थाहरुको सहभागिता रहेको उक्त वातावरण काव्य गोष्ठीमा ४५ जना नेपाली कविहरुले रचनावाचन गरेका थिए । इको कवि विजय हितानले काव्य गोष्ठीबारे जानकारी दिएका थिए ।
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
‘म्यागासेसे’ विजेता महावीर पुनको संसद् यात्रा…
नेपाल निर्वाचन : मतपरिणाम सार्वजनिक हुनेक्रम अन्तिम चरणमा, रास्वपा पहिलो स्थानमा
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
आदिवासी जनजाति समुदायलाई ‘पैसाले किन्न सकिन्छ’ भन्ने गौतमको अभिव्यक्तिप्रति आपत्ति
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग