काठमाडौँ, २२ जेठ । निर्वाचन आयोगले दोश्रो चरणअन्तर्गत आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका दिन नेपालस्थित विदेशी कुटनीतिक नियोगका सदस्यलाई मुलुकका आठ सहरमा अवलोकन भ्रमण गराउने भएको छ ।
कुटनीतिक नियोगका सदस्यलाई प्रत्येक सहरका १२ देखि १५ मतदानस्थलमा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
कुटनीतिक नियोगका प्रमुख एवम प्रतिनिधिलाई प्रदेश नम्वर १ मा विराटनगर र धनकुटा, प्रदेश नम्बर २ मा जनकपुर र बर्दिबास, प्रदेश नम्बर ५ मा भैरहवा र पाल्पा तथा प्रदेश नम्बर ७ मा धनगढी र डडेलधुरामा अवलोकन भ्रमण गराउने व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो ।
सो दिन अवलोकन गर्न चाहने कुटनीतिक नियोगका सदस्यका लागि आवश्यक सवारी साधनको व्यवस्था सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट तथा अवलोकन गराउने मतदानस्थलको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन अधिकारीले टुङगो लगाउने छन् ।
आयोगले वैशाख ३१ मा सम्पन्न भएको पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेपालमा रहेका १२ वटा कुटनीतिक नियोगका सदस्यलाई काठमाडाँै उपत्यकामा मात्रै अध्ययन भ्रमणका लागि अनुमति दिएको थियो ।
सो क्रममा नेपालस्थित अस्ट्रेलिया, थाइल्यान्ड, फिनल्यान्ड, म्यानमार, पाकिस्तान, जापान, फ्रान्स, इजरायल, कोरिया, चीन, बङ्गलादेश र भारतीय राजदूतावासका प्रमुख एव्म प्रतिनिधिलाई निर्वाचनको अध्ययन भ्रमण गर्ने व्यवस्था मिलाएको थियो ।
पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन मुलुकका तीन प्रदेशका ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा भएको थियो । उक्त निर्वाचनमा ७४ प्रतिशत मतदाता सहभागी भएका थिए ।
दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ का ४३ जिल्लाका ४६१ स्थानीय तहमा आगामी असार १४ गते बुधवार विहान ७ देखि अपरान्ह ५ बजेसम्म हुने छ । उक्त निर्वाचनका लागि ९० लाख ९७ हजार ५५७ मतदाता रहेका छन् ।
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो