कोर्बीनले मागे प्रधानमन्त्री मेको राजीनामा

लन्डन (बेलायत), २२ जेठ । बेलायती प्रतिपक्षी नेता जेरमी कोर्बीनले वर्तमान् प्रधानमन्त्री टेरेजा मेले छ वर्षसम्म गृह मन्त्रालय सम्हाल्ने क्रममा प्रहरी अधिकारीको दरबन्दी सङ्ख्या घटाउनु गलत भएको भनी उहाँको राजीनामा आउनुपर्ने बताउनुभएको छ ।

कर्बिनले प्रहरी बलमा भएको दरवन्दी कटौतीले बेलायतमा सुरक्षा अवस्थामाथि आवश्यक ध्यान पुग्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गर्दै विभिन्न समूहले राजीनामा माग गरेकोमा आफ्नो समर्थन जनाउनुभएको हो ।

तीन महिनाको दौरानमा तीन पटक आतङ्कवादी हमला भएको प्रसङ्ग बताउँदै प्रहरी दरबन्दी घटउनु वर्तमान् प्रधानमन्त्रीको गलत निर्णय थियो भन्ने कोर्बीनको दाबी छ ।

राज्यप्रति संवेदनशील रुपमा सोच्नसक्ने धेरै जनताले मेले गृहमन्त्री सम्हालेका बेला गरेको दरबन्दी कटौती गर्ने निर्णय गलत भएको जनाउँदै कर्बिनले भन्नुभयो, ‘हामीले प्रहरी सङ्ख्या कुनै हालतमा घटाउनु हुँदैनथ्यो, घटाएकाले सुरक्षामा समस्या देखियो ।’

यसअघि सोमबारै प्रधानमन्त्रीले आफ्नो पूर्व निर्णयलाई रक्षा गर्दै लन्डनको महानगरीय प्रहरी बल स्रोतले सशक्त रहेको जनाउँदै आतङ्कवादविरोधी अभियान सञ्चालन गर्न क्षमतावान एवम् शक्तिशाली रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री