
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकपछि बाहिरिदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २२ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पार्नुभयो ।
त्यसैगरी एमाले नेता झलनाथ खनालले मङ्गलबार हुने सदनको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने बताउँदै प्रधानमन्त्री हुनुहुने उहाँलाई अग्रीम बधाई छ भन्नुभयो । उहाँले भावी प्रधानमन्त्रीले गर्ने राम्रा कामका लागि पार्टीले समर्थन गर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नयाँ सरकारले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई तलमाथि नयरी शान्तिपूर्ण, भयरहित र निष्पक्षताका साथ गर्ने सहमति भएको बताउनुभयो ।
प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको छ । नेता खनालले पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहोरयाउने सङ्कल्प गरिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसद्को अवरोध हटाउन एमाले समहत भएकाले मङ्गलबार राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको बताउनुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित