
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकपछि बाहिरिदै । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, २२ जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको प्रधानमन्त्री हुने बाटो खुलेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) व्यवस्थापिका–संसद्को अवरोध खोल्न सहमत भएपछि प्रधानमन्त्रीको निर्वाचन हुने भएको छ । सभामुख ओनसरी घर्ती मगरको पहलमा आज सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा एमालेका नेताहरुले संसद् बैठक अवरोध नगर्ने बताएका थिए ।
बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता विमलेन्द्र निधिले सदन खुलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, काँग्रेस सभापति देउवा र प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सदनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । त्यसलगत्तै सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनका क्रममा भएका सबै प्रक्रियाका बारेमा सदनलाई जानकारी गराउने र त्यसपछिको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुने सहमति भएको उपप्रधान तथा गृहमन्त्री निधिले स्पष्ट पार्नुभयो ।
त्यसैगरी एमाले नेता झलनाथ खनालले मङ्गलबार हुने सदनको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने बताउँदै प्रधानमन्त्री हुनुहुने उहाँलाई अग्रीम बधाई छ भन्नुभयो । उहाँले भावी प्रधानमन्त्रीले गर्ने राम्रा कामका लागि पार्टीले समर्थन गर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नयाँ सरकारले आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई तलमाथि नयरी शान्तिपूर्ण, भयरहित र निष्पक्षताका साथ गर्ने सहमति भएको बताउनुभयो ।
प्रदेश र राष्ट्रियस्तरको निर्वाचन सम्पन्न गर्न सबै एकताबद्ध भएर लाग्ने, सरकारले राज्य संरचनालाई निष्पक्षताका साथ उपयोग गर्ने र निर्वाचनलाई सफल पार्ने काममा दृढतापूर्वक लाग्ने सहमति भएको छ । नेता खनालले पहिलो चरणको निर्वाचनमा देखिएका अनियमितालाई नदोहोरयाउने सङ्कल्प गरिएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसद्को अवरोध हटाउन एमाले समहत भएकाले मङ्गलबार राष्ट्रले नयाँ प्रधानमन्त्री पाउने निश्चित भएको बताउनुभयो ।
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौँ–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल र काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित
पाँचथर समाज सेवा यूकेले मे २ मा १३ औं संस्करणको पाँचथर कप आयोजना गर्ने
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानीका उपाय अपनाउन नेपाल सरकारको अनुरोध
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन एनआरएनएको आग्रह
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु, वार्तामा फर्किन बेलायतका प्रधानमन्त्रीलगायतको आग्रह