लण्डन । मगर संघ युकेको आयोजनामा हरेक वर्ष हुँदै आएको ओपन कन्सर्टमा यसपटक डान्स इण्डिया डान्स र झलक दिख लाजाकी विजेता तेरिया फौजा मगरले दर्शक नचाइन् । फार्नब्रो फुटबल क्लवमा शनिबार भएको सो ओपन कन्सर्टमा उनले नेपाली र हिन्दी गीतमा एकल र सामूहिक नृत्य गर्दै दर्शकको मन जितिन् । उनलाई युकेका स्थानीय कलाकारहरुले पनि साथ दिएका थिए ।
यसैगरी नेपालबाट आएका कलाकारहरु जमुना राना, गगन पुन, जानकी तारामीमगर, राजु ढकालले एकल तथा सामूहिक गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । बेलायतमै रहेका कलाकारहरु मधुसुदन थापामगर, सञ्जय लाफामगर, क्याप्टेन वीरबहादुर थापामगरले पनि गीत गाएका थिए । नृत्यतर्फ सविता राना, पवित्रा थापा, दिनेश रोकामगर, सुविर दर्लामी, रिया थापा, ईश्मी थापा, ओसिन थापा, दिया लिम्बु, एलिजा बिक, समीक्षा राना, बुद्धि सारु, सुविना घले, सुमिरा थापा, सलिना थापा, मेरिना थापा र टेन्याङ रानाले प्रस्तुति दिएका थिए ।
यसअघि औपचारिक रुपमा सो कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, रसमुरकी मेयर सोफी चौधरी, एनआरएनए युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, एनआरएनए युरोपका संयोजक कुल आचार्यलगायतले गरेका थिए । कार्यक्रमलाई कञ्जरभेटिभ पार्टीका सो क्षेत्रका संसदीय निर्वाचनका उम्मेदवार लियो डोचेर्टी, रसमुरकी मेयर सोफी चौधरी, प्रमुख अतिथि युकेका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका अध्यक्ष नेम थापा लगायतले सम्बोधन गरेका थिए । महासचिव लालबहादुर पुनले संचालन गरेको औपचारिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक योगकुमार फगामीले स्वागत भाषण गरेका थिए । कार्यक्रममा मगर संघ युकेको मुखपत्र कानुङ लाङ्घा विमोचन गरिएको थियो ।
साँझ युवाहरुका लागि बेग्लै साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । बालबालिकाका लागि खेलसमेत राखिएको यसपटकको ओपन कन्सर्टमा करिब ३ हजारको सहभागिता रहेको आयोजकको दाबी छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]