भक्तपुर, २२ जेठ । नेपाली काँग्रेसका तीन नेता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भएको भेटवार्ता सकारात्मक भएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनः सञ्चालन गर्नका लागि छलफलका गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुग्नुभएको थियो ।
दुई घन्टाको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताउनुभयो । उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संसद् अवरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट हामीहरू एमाले अध्यक्ष ओलीसँग छलफल गर्न आएका हौंँ, उहाँसँगको छलफल सकारात्मक भएको छ ।” प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताउनुभयो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने काँग्रेस नेताहरूको धारणा रहेको बताउनुभयो । उहाँले यसकै निम्ति छलफल गर्न काँग्रेसका नेताहरू आउनुभएको जानकारी दिँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “एमाले सहमतिको बाधक नरहेको मैले बताएँ, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि एमाले सकारात्मक छ ।”
संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद् पुनः सञ्चालन गर्न नदिइएपछि सहमतिको प्रयासस्वरुप सो भेटवार्ता भएको हो । प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा