भक्तपुर, २२ जेठ । नेपाली काँग्रेसका तीन नेता र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज ओली निवास बालकोटमा भएको भेटवार्ता सकारात्मक भएको छ ।
काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् पुनः सञ्चालन गर्नका लागि छलफलका गर्न काँग्रेस नेता विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की र प्रदीप गिरी ओली निवास बालकोट पुग्नुभएको थियो ।
दुई घन्टाको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै काँग्रेसका नेता निधिले अध्यक्ष ओलीसँग संसद्को अवरोध अन्त्य गर्ने बारेमा भएको छलफल सकारात्मक रहेको बताउनुभयो । उपप्रधानमन्त्री निधिले भन्नुभयो, “संसद् अवरोधलाई हटाएर संसद सुचारु गर्ने सन्दर्भमा पार्टीको तर्फबाट हामीहरू एमाले अध्यक्ष ओलीसँग छलफल गर्न आएका हौंँ, उहाँसँगको छलफल सकारात्मक भएको छ ।” प्रधानमन्त्रीको निर्वाचनमा काँग्रेसलाई सहयोग गर्न एमाले अध्यक्ष ओलीलाई आग्रह गरिएको नेता निधिले बताउनुभयो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संसद्मा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउन पाए हुन्थ्यो भन्ने काँग्रेस नेताहरूको धारणा रहेको बताउनुभयो । उहाँले यसकै निम्ति छलफल गर्न काँग्रेसका नेताहरू आउनुभएको जानकारी दिँदै एमाले अध्यक्ष ओलीले भन्नुभयो, “एमाले सहमतिको बाधक नरहेको मैले बताएँ, सत्ता पक्षको दम्भ र अनुचित कार्यले समस्या देखिएको हो, समस्या समाधानका लागि एमाले सकारात्मक छ ।”
संसद्को प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाएपछि र संसद् पुनः सञ्चालन गर्न नदिइएपछि सहमतिको प्रयासस्वरुप सो भेटवार्ता भएको हो । प्रधानमन्त्रीका लागि संसद् सचिवालयमा काँग्रेस सभापति शेरबहादुर देउवाको मात्रै उम्मेदवारी परेको छ ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता