
संयुक्त राष्ट्रसङ्घ, २२ जेठ । मध्य लन्डनमा भएको दुईवटा आतङ्ककारी आक्रमणको संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनीयो गुटेर्रेस्ले आइतबार कडा शब्दमा निन्दा गर्नुभएको छ ।
उहाँले यस आक्रमणमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई समवेदना व्यक्त गर्नुको साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको महासचिवका प्रवक्ता स्टेफान डुजार्रिकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आतङ्कवाद, हिंसा र अतिवादविरुद्ध लड्नको आफू बेलायती सरकार र जनताको साथमा रहेको पनि जारी विज्ञप्तिमा जनाइएको छ ।
बेलायती सञ्चार माध्यमहरुले आइतबार यस आक्रमणको इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहले जिम्मा लिएको समाचार सम्प्रेषण गरेको थियो ।
बेलायती प्रहरीले यस आक्रमणमा संलग्नता रहेको आशङ्कामा १२ व्यक्तिलाई पक्राउ गरेका छन् ।
लन्डनमा गत जुन ३ मा भएको यस आतङ्ककारी आक्रमणमा परी सातको मृत्यु हुनुको साथै अन्य ४८ घाइते भएका छन् । घाइते भएका ती ४८ मध्ये २१ को अवस्था गम्भीर रहेको बताइएको छ ।
लन्डन ब्रिजमा एउटा गाडीले पैदलयात्री भएका ठाउँमा गएर ठक्कर दिएको र बरो मार्केट क्षेत्रमा संदिग्ध आतङ्ककारीले जथाभावी रुपमा छुरा प्रहार गरेको यस दुईवटा आतङ्ककारी घटना भएको थियो ।
यस घटनामा संलग्न भएका तीनजना संदिग्ध हमलाकारी प्रहरीले हानेको गोलीबाट मारिएका थिए । प्रहरीको गोलीबाट मारिने ती हमलाकारीको पहिचान प्रहरीलाई थाहा भएको जानकारी लन्डन प्रहरीले दिएको छ ।
गत २२ मे साँझ आयोजित सङ्गीतमय सन्ध्याको अन्तमा अमेरिकी कलाकार एरियाना ग्रान्डेको प्रस्तुति सकिएलगत्तै स्थानीय समयानुसार राति १०:३५ बजे म्यान्चेस्टर सङ्गीतस्थल (एरिना) परिसरमा भएको भयानक विस्फोटमा परी २२ को मृत्यु हुनुको साथै दर्जनौँ व्यक्ति घाइते भएका घटनाको दुई हप्ता बित्न नपाउँदै पुनः यो आक्रमण भएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता