
काठमाडौँ, २२ जेठ । त्रिमूर्ति निकेतनले डा सत्यमोहन जोशीलाई नेपाल सरकारबाट ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेकामा नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ ।
निकेतनले नेपाली वाङ्मयका शिखर व्यक्तित्व वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीको जीवनभरिको योगदानलाई मूल्याङ्कन गरी उहाँको गरिमामय उचाइ अभिवृद्धिका लागि अति महत्वपूर्ण योगदान पुरयाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
पूर्व उपप्रधानमन्त्री कमल थापा, पूर्व मन्त्रीद्वय दिलनाथ गिरी तथा दीनानाथ शर्मालाई पनि सो पदक समर्पण गर्ने त्रिमूर्ति निकेतनले निर्णय गरेको छ ।
त्रिमूर्ति निकेतनले नेपाल सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, नेपाल सरकारका तत्कालीन निमित्त सचिव बुद्धिसागर लामिछाने, प्रा डा प्रेम खत्री, डोलिन्द्रप्रसाद शर्मा र श्रीमती जयन्ती प्रधानलाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निर्णय गरेको छ ।
तेह्रौँ त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते वाङ्मय शताब्दी पुरुष डा सत्यमोहन जोशीबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गरिने कार्यक्रम छ ।
त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा आज बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने