लन्डन । इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ की विजेता नेपाली चेली तेरिया मगर आइतबार प्लमस्टिडमा हुन लागेको बुद्ध वृद्धाश्रम च्यारिटी डिनरमा आउने भएकी छन् । मगर संघ यूकेको ओपन कन्सर्टमा भाग लिन दोश्रो पटक बेलायत आएकी तेरिया च्यारिटी डिनरमा आएर नृत्य गर्न राजी भएकी हुन् । आयोजकमध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको पहलमा तेरियालाई च्यारिटीमा बोलाइएको हो ।
च्यारिटी डिनर मनोरन्जनात्मक बनाउन तेरियाको डान्स, शर्मिला बर्देवाको गायन र स्थानीय कलाकारको नाच राखिने श्रेष्ठले जनाए । नेपालका चर्चित गायक योगेश्वर अमात्यको समेत ‘स्पेशल एपिरियन्स’ हुने आयोजकले बताएका छन् । कार्यक्रमको प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी हुने बताइएको छ ।
बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ विशेष च्यारिटी डिनर गर्न लागिएको हो । बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, हालसम्म उक्त वृद्धाश्रम बनाउन करिब २६ हजार पाउण्डको प्रतिवद्धता आइसकेको छ । भवनको कोठा स्पोन्सर गरिदिनेको नाममा नै नामाकरण गरिने तथा ५० हजार रुपैयां भन्दा माथि सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखिने जनाउंदै श्रेष्ठले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।
कपिलवस्तु बाणगंगा नगरपालिकास्थित नन्दनगरमा १४ बेड रुमको वृद्धाश्रम निर्माणका लागि करिब ७० लाख रुपैयां खर्च लाग्ने अनुमान छ । वृद्धाश्रम बनाउन २० रोपनी जग्गा कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा