लन्डन । इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’ की विजेता नेपाली चेली तेरिया मगर आइतबार प्लमस्टिडमा हुन लागेको बुद्ध वृद्धाश्रम च्यारिटी डिनरमा आउने भएकी छन् । मगर संघ यूकेको ओपन कन्सर्टमा भाग लिन दोश्रो पटक बेलायत आएकी तेरिया च्यारिटी डिनरमा आएर नृत्य गर्न राजी भएकी हुन् । आयोजकमध्ये एक बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको पहलमा तेरियालाई च्यारिटीमा बोलाइएको हो ।
च्यारिटी डिनर मनोरन्जनात्मक बनाउन तेरियाको डान्स, शर्मिला बर्देवाको गायन र स्थानीय कलाकारको नाच राखिने श्रेष्ठले जनाए । नेपालका चर्चित गायक योगेश्वर अमात्यको समेत ‘स्पेशल एपिरियन्स’ हुने आयोजकले बताएका छन् । कार्यक्रमको प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी हुने बताइएको छ ।
बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोगमा ४ जुन आइतबार प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा बुद्ध वृद्धाश्रम निर्माण सहयोगार्थ विशेष च्यारिटी डिनर गर्न लागिएको हो । बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठका अनुसार, हालसम्म उक्त वृद्धाश्रम बनाउन करिब २६ हजार पाउण्डको प्रतिवद्धता आइसकेको छ । भवनको कोठा स्पोन्सर गरिदिनेको नाममा नै नामाकरण गरिने तथा ५० हजार रुपैयां भन्दा माथि सहयोग गर्नेहरुको शिलालेखमा नाम लेखिने जनाउंदै श्रेष्ठले सहयोगका लागि सबैमा अपिल गरेका छन् ।
कपिलवस्तु बाणगंगा नगरपालिकास्थित नन्दनगरमा १४ बेड रुमको वृद्धाश्रम निर्माणका लागि करिब ७० लाख रुपैयां खर्च लाग्ने अनुमान छ । वृद्धाश्रम बनाउन २० रोपनी जग्गा कैलाश आश्रम तथा मनकामना दुर्गा मन्दिर धार्मिक वनले निशुल्क उपलब्ध गराउने सम्झौता गरिसकेको छ ।
तस्विरः बीरेन्द्र श्रेष्ठ
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]