भक्तपुर, २० जेठ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार हुने प्रधानमन्त्री निर्वाचन र समसामयिक राजनीतिक विषयमा आज छलफल भएको छ ।
ओली निवास बालकोट, भक्तपुरमा आज साँझ भएको झन्डै दुई घन्टा लामो छलफलमा काँग्रेस सभापति देउवाले आइतबार हुने प्रधानमन्त्रीको निर्वाचनमा सघाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।
बैठकमा सहभागी काँग्रेस नेता विमलेन्द्र निधिकाअनुसार सभापति देउवाले निरन्तरको संसदीय अवरोधलाई हटाएर सहयोग गर्न आग्रह गर्नुभएको थियो । देउवाको प्रस्तावप्रति अध्यक्ष ओलीले प्रधानमन्त्रीको निर्वाचन संसदीय प्रक्रियाभन्दा बाहिरबाट भएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने जवाफ दिनुभएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले भरतपुर महानगरपालिकामा पुनःनिर्वाचन गर्नेभन्दा पनि पुनःमतगणना हुनुपर्ने थियो भन्दै उक्त विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले जानकारी दिनुभयो ।
जवाफमा काँग्रेस सभापति देउवाले भरतपुरको पुनःनिर्वाचनलाई प्रधानमन्त्रीको निर्वाचनसंग जोडेर हेर्न नमिल्ने भन्दै दुई निर्वाचन फरक–फरक पाटो भएको र भरतपुरको पुनःनिर्वाचनका विषयमा आफू र आफ्नो पार्टीको संलग्नता नभएको उल्लेख गर्नुभएको निधिले बताउनुभयो ।
सभापति देउवालाई उद्धृत गर्दै उहाँले प्रधानमन्त्रीको निर्वाचनलाई प्राथमिकतामा राखेर सहयोग गर्न आग्रह गर्नुभएको बताउनुभयो । त्यस्तै, एमाले अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले प्रधानमन्त्रीको निर्वाचन संसद् प्रक्रियाभन्दा बाहिरबाट भएकाले समर्थन गर्न नसक्ने बताउनुभएको जानकारी दिनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी