काठमाडौँ, २० जेठ । नेकपा (एमाले) ले भरतपुर महानगरपालिकाको वडा नं– १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गर्ने बताएको छ ।
एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बसेको एमाले स्थायी कमिटीको बैठकले आयोगको निर्णयलाई अस्वीकार गर्दै प्रतिवाद गर्ने र यसका लागि कानुनीलगायत सबै प्रकारको उपचारमा जाने निर्णय गरेको हो ।
सो महानगरपालिकाको वडा नं– १९ को मतगणना जारी हुँदा केही मतपत्र च्यातिएको घटनाको छानबिनपछि आयोगले सो वडामा पुनः मतदानमा जाने निर्णय गरेको थियो । यही विषयमा पुनःमतगणना हुनुपर्ने माग राखी एमालेले संसद् बैठक अवरोध गर्दै आएको छ ।
बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले आयोगले मुलुकमा निर्वाचन गराउने दायित्वभन्दा सत्तारुढ दलको दबाब र प्रभावमा परेर यस्तो निर्णय गरिएको आरोप लगाउँदै यो प्रकरण यत्तिकै सकियो भन्ने नसोच्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, “बरु सत्तारुढ दलका उम्मेदवारलाई सरक्क विजयी घोषणा गर्दा हुन्छ, निर्वाचन अपराधमा संलग्नलाई प्रोत्साहन हुने निर्णय लोकतान्त्रिक मूल्य र मान्यतासँग मेल खाँदैन ।”
अध्यक्ष ओलीले भोलिका लागि तय भएको नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सदन अवरोध भएका कारण भाग लिने प्रश्नै नआउने बताउँदै सो सम्बन्धी निर्वाचन प्रक्रिया नै संसद्मा प्रस्तुत भइनसकेको उल्लेख गर्नुभयो ।
लाहुरेको गाउँ रुम्सी हेर्न भिलेज सफारी’मा सरर आउने होइन त ?
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
नेपाल सरकार मन्त्रिपरिषद् बैठक : संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन