लन्डन । नेपालमा २२ औं मिस नेपाल भइरहंदा बेलायतमा पहिलोपटक आयोजना गरिएको ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आस्था जोशी बटाजुले ‘मिसेस नेपाल यूके २०१७’ उपाधि जितेकी छन् । शुक्रबार सांझ लन्डन हयारोस्थित हयारो बरो फुटबल क्लबमा सम्पन्न प्रतियोगितामा रनर अप पुनम गुरुङ र सेकेन्ड रनरअप भइन् अमृता गिरी गजुरेल ।
१७ प्रतियोगी सहभागी उक्त प्रतियोगितामा शर्मिला क्षेत्रीले पब्लिक च्वाइसको उपाधि जितिन् । उक्त अवसरमा सहभागीहरु परिचय, कल्चरल, क्याजुएल र गावन राउण्डमा आकर्षक रुपमा उत्रिएका थिए । प्रतियोगिताको निर्णायकमा रजनी प्रधान, रजनी सुनुवार, सब्रिना श्रेष्ठ, सबी लामा मोक्तान, शर्मिला बर्देवा र बिना राई थिए ।
लन्डनस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा कुंवर, तमु समाज बेलायतका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, यती पूर्व अध्यक्ष उमेशराज मोक्तान, गायक योगेश्वर अमात्य लगायत सहभागी थिए ।
बिवाहित महिलाहरुको प्रतिभा उजागर र उनीहरु घरमा मात्र होइन, समाजमा समेत आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् भन्ने दर्शाउन कार्यक्रम गरिएको आयोजक लन्डन फेशन हाउसकी निर्देशक मनिषा डंगोल श्रेष्ठले जनाइन् । उक्त प्रतियोगितामा मेकअप बिना राई, हेयर स्टाइल शान्ति राई र कोरियोग्राफी सिम्मी पुनले गरेका थिए । कार्यक्रम संयोजक थिइन् गंगा साम्पाङ र साउण्ड सिस्टम चांद लामाको थियो ।
सइन्द्र केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतियोगिताका सल्लाहकार शिवजी श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा आशिस राजले गायन र स साना बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए ।
तस्विरहरु: बीरेन्द्र श्रेष्ठ
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ए–स्टार नेपाल बास्केटबल लिग’को फाइनल जुलाई ४ मा, टिकट बिक्री सुरु
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]