लण्डन । युकेका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुबीच हरेक वर्ष हुँदै अाएकाे नृत्य प्रतियाेगिता यसपटक जुन ९ मा हुने भएकाे छ ।
यसवर्षकाे प्रतियाेगिता आयाेजनाकाे जिम्मा पाएकाे छ युनिभर्सिटी अफ वेष्ट इङ्ल्याण्ड नेपलिज स्ट्यूडेन्टस् साेसाइटीले । अल्डरसटस्थित एम्पाएर हलमा यसवर्षकाे प्रतियाेगिता राखिएकाे छ ।
सो प्रतियोगितामा छ वटा टीमले भाग लिने आयोजक युनिभर्सिटी अफ वेष्ट इङ्ल्यान्ड नेपलिज स्टूडेण्टस् सोसाइटीका अध्यक्ष सन्देश रानाले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुने टीमलाई क्रमशः ४०० पाउन्ड र ट्रफी तथा जून फेष्टिभलको ४ वटा टिकट, २०० पाउन्ड, ट्रफी र जून फेष्टिभलको ३ वटा टिकट र १०० पाउन्ड, ट्रफी र जून फेष्टिभलको २ टिकट पुरस्कार दिइनेछ ।
प्रतियोगिताको निर्णायकहरुमा समिर गुरुङ, सुजाता राई र भावना जिमी रहेका छन्।
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
बेलायतमा पाँचथर कप फुटबल प्रतियोगिता आगामी जुन ६ मा हुने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ