लण्डन, १९ जेठ । बेलायतको प्रतिपक्षले प्रधानमन्त्ती थेरेसा मेले अमेरिकीकाले जलवायु परिर्वतनको मुद्दामा लिएको निर्णयप्रति कमजोर प्रतिक्रिया दिएका भनी कडा आलोचना भएको छ ।
अमेरिकाले हालैमात्र जलवायु सम्वन्धमा भएको पेरिस सम्झौताबाट बाहिरिने निर्णय दिएपछि विश्वनेता खास गरी यूरोपेली नेताहरुले ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।
बेलायतको प्रमुख प्रतिपक्षी लेवर पार्टी जेरमी कर्विनले प्रधानमन्त्री मे अमेरिकी राष्ट्रपतिको निर्णयलाई कडा आलोचना गर्न नसकेको भनी आरोप लगाउनुभएको छ ।
“बेलायती प्रधानमन्त्री मेलाई हाम्रा अन्तरराष्ट्रिय साझेदार राष्ट्रसँग एक भएर आलोचना गर्ने मौका दिइएको थियो तर उहाँ डोनाल्ड ट्रम्पबाट उपयोग हुनुभयो, प्रतिपक्ष दलका नेता कर्विनले भन्नुभयो । ”
यो उहाँको राज्यप्रतिको र हाम्रो (बेलायत) पृथ्वीप्रतिको जिम्मेवारीबाट कर्तव्यबाट विमुख भएको अवस्था हो, कर्विनले थप्नुभयो ।
बेलायतकी प्रधानमन्त्री मेले अमेरिकी राष्ट्रपतिको निर्णयप्रति निराशा व्यक्त गर्दै बेलायत पेरिस सम्झौताप्रति प्रतिवद्ध रहेको, डाइनिङ् स्टीटद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण