लण्डन । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) युके सेन्टरले बेलायत भ्रमणमा आएका नेपाल इन्जिनियर्स एसोसिएसनका निवर्तमान अध्यक्ष ध्रुव थापासँग अन्तरक्रिया गरेको छ ।
सेन्टरका अध्यक्ष तेजेन्द्र रोकामगरको अध्यक्षतामा भएको सो अन्तरक्रियामा निवर्तमान अध्यक्ष थापाले युके कार्यसमितिलाई शुभकामना दिँदै एनइएको पिन लगाइदिनुभएको थियो ।
बेलायतमा रहनुभएका एनइएलाई माया गर्ने इन्जिनियरहरुलाई एकतावद्ध भई एकआपसमा समझदारी कायम गर्न र आफ्नो सीप र जाँगरलाई आवश्यकताअनुसार मातृभूमिका लागि खर्चन थापाले आग्रह गर्नुभयो ।
सेन्टरका महासचिव लोकराज सिंहले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष रोकाले प्रविधि स्थानान्तरण तथा शाखाबाट आगामी दिनमा गरिने कार्यक्रमबारे जानकारी दिनुभयो ।
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
होर्मुज खुलाउन इरानले मानेन
बेलायत बन्यो विश्वकै सबैभन्दा कडा धूम्रपान नियन्त्रण नीति अपनाउने देशमध्ये एक