
राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतलनिवासमा दशौं गणतन्त्र दिवसका अवसरमा आयोजित चियापान समारोहमा शुमकामना आदानप्रदान गर्दै कलाकारहरु । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशौं गणतन्त्र दिवसका अवसरमा चियापान समारोहको आयोजना गर्नुभयो ।
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरिएको चियापान समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर उपस्थिति हुनुहुन्थ्यो ।
सो समारोहमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई उपस्थित हुनुहुन्थ्यो ।
साथै, उक्त समारोहमा मन्त्रीगण, पूर्व प्रधानन्यायाधीश, न्यायाधीशहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेताहरु, व्यवसायीहरु, कलाकार, उद्योगपति, कानुन व्यवसायी, पत्रकारहरुको उपस्थिति थियो ।
गणतन्त्र दिवस जेठ १५ का अवसरमा चियापानको आयोजना गर्ने भएता पनि नेपालको संविधानअनुसार जेठ १५ मा नै बजेट प्रस्तुत गर्नुपर्ने भएको हुँदा आज नै सो समारोहको आयोजना गरिएको बताइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित