काठमाडौँ, १३ जेठ । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले व्यवस्थापिका–संसद्मा दर्ता भएको प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव भोलि आइतबार बिहानसम्ममा फिर्ता हुने बताउनुभएको छ ।
गत वैशाख १७ गते कार्कीविरुद्ध सत्तारुढ नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले सो प्रस्ताव दर्ता गरेपछि एमालेले न्यायालयमाथिको हस्तक्षेप भएको भनी विरोध गर्दै आएकोमा आज प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रस्ताव फिर्ता लिने सहमति भएको थियो । सर्वाेच्च अदालतकै आदेशबाट प्रधान न्यायाधीश कार्की नियमित काममा फर्किसक्नुभएको छ ।
उपनेता नेम्वाङले सहमतिअनुसार भोलि बिहानसम्ममा सो प्रस्ताव फिर्ता हुने बताउँदै संसद्मा अवरोध गर्ने आफ्नो पार्टीको चाहना नभई सरकारको गलत व्यवहारका कारण अवरोध भएको दाबी गर्नुभयो ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ