
पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा शनिबार आयोजित विजयोत्सव समारोहमा सहभागीहरु । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
पोखरा, १३ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्य नहुँदासम्म सहमतिका साथ अघि बढ्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) पोखरा लेखनाथ महानगर सङ्गठन कमिटीको आयोजनामा आज पोखराको अमरसिंहचौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म सहमतिको वातावरणको विकल्प नभएको धारणा राख्नुभयो ।
देशबाट गरिबी र पछौटेपन हटाउने, रोजगारीका अवसर सिर्जना गर्ने, जनतालाई समृद्धशाली र सुखी बनाउने सबैको एकमात्र लक्ष्य भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सहमतिको वातावरण बने पनि एमालेले नेतृत्वको दाबी नगर्ने जिकिर गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले आगामी माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राज्यको गहन दायित्वलाई मनन गरी राष्ट्रिय जनता पार्टीलाई सधैँभरि निहुँ नखोजी निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । निर्वाचनपछि पनि जायज माग भए छलफल गरेर सम्बोधन गर्न सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार पोखरा–लेखनाथ महानगरपालिकाको अमरसिंहको चौरमा आयोजित विजयोत्सव समारोहलाई सम्बोधन गर्दै । तस्बिर ः हरि वास्तोला, पोखरा, रासस
एमालेविरुद्ध चारैतिरबाट घेराबन्दी गरिए पनि आमनेपाली जनताले एमालेप्रति विश्वास गरेर विजयी गराएका र निर्वाचित जनप्रतिनिधिले जनताको विश्वास र भरोसालाई मनन गरी इमान्दारीका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पोखरा–लेखनाथ महानगरलाई भ्रष्टाचारमुक्त र आधुनिक सहर बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित महानगर प्रमुख मानबहादुर जिसीले महानगरवासीले विश्वासका साथ सुम्पेको जिम्मेवारी इमान्दारीका साथ पुरा गर्ने प्रण गर्नुभयो । तीन वर्षभित्र महानगरका सबै वडामा कालोपत्रे, खानेपानीको व्यवस्था गर्ने बताउँदै उहाँले महानगरमा निर्वाचित भएपछि अब आफू सबैको साझा भएकाले सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई समेटेरअघि बढ्ने धारणा राख्नुभयो ।
नगर उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई सफा, सुन्दर र समृद्ध बनाउन सबैसँग एकताबद्ध भएर अघि बढ्ने विचार व्यक्त गर्नुभयो । पूर्व मन्त्रीद्वय खगराज अधिकारी र किरण गुरुङले पार्टी एकढिक्का भएर अघि बढेकाले नै एमालेलाई सफलता मिलेको बताउनुभयो ।
कामदार भिसामा बेलायत पठाउने भन्दै ४२ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
बेलायतमा कार दुर्घटनामा मृत्यु भएका तामाङका परिवारलाई एनआरएनए यूकेद्वारा झन्डै ५ लाख सहयोग हस्तान्तरण
बेलायतमा मृत्यु भएका नेपालीको नाममा फेक एकाउन्टबाट सहयोग संकलन, बन्द गर्न ‘गो फन्डमी’मा रिपोर्ट
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
बेलायतमा मृत्यु भएका नेपाली विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन सहयोग संकलन
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
दक्षिण अफ्रिकामा दोहोरो नागरिकता
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग