
दुर्घटना ग्रस्त गोमा एअरको कार्गो विमान । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोकिएर भएको उक्त दुर्घटनामा विमान चालक (क्याप्टेन)पारस राईको मृत्यु तथा सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जन गम्भिर घाइते । तस्बिर सौजन्य ः पत्रकार बिक्रम श्रेष्ठ,रासस
सोलुखुम्बु, १३ जेठ । आज दिउँसो सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल नजिक भएको गोमा एयरको विमान दुर्घटनामा घाइते भएका विमान चालक पारसकुमार राईको मृत्यु भएको छ ।
विमानबाट उद्धार गरी लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचारका क्रममा विमानका क्याप्टेन राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सहचालक सृजन मानन्धर र परिचारिका प्रज्ञा महर्जनको अवस्था गम्भीर रहेको छ । उनीहरुको लुक्लास्थित पासाङल्हामु निकोलनिकी हस्पिटलमा उपचार भइरहेको छ ।
मौसम खराबीका कारण उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौँ लैजान नसकिएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।
गोमा एयरको नाइन एन एक के वाई कलसाइन भएको कार्गो विमान लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा सल्लाको रुखमा ठोक्किएर पाखामा खसेको थियो ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक