
काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ ।
प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५ मत प्राप्त गर्नुभएको छ । योसँगै शाक्यको जित सुनिश्चित प्रायः भएको छ ।
त्यसैगरी, नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार ९१० प्राप्त गर्नुभएको छ । विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार ५३९ मत प्राप्त गर्नुभएको छ । साझा पार्टीका किशोर थापाले १७ हजार ८४४ र नेकपा (माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार ४६९ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रतासँगै जित सुनिश्चित प्रायः छ । उहाँले हालसम्ममा ५६ हजार ३९६, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार ५३८, साझा पार्टीकी निरुपमा यादवले ११ हजार ६४ मत प्राप्त गर्नुभएको छ भने माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ८०३ मत प्राप्त गर्नु भएको छ ।
मतगणना अन्तिम चरणमा रहेकाले आज राति नै अन्तिम परिणाम आइसक्ने काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैबीच, महानगरको १४ नं वडामा एमालेको समूह विजयी भएको छ । भर्खरै घोषणा भएको अन्तिम मत परिणामअनुसार अध्यक्षमा शोभा सापकोटाले तीन हजार ८०७ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा रम्मी खड्काले चार हजार ३१५, दलित सदस्यमा उर्मिला सेन्चुरीले चार हजार नौ र खुलातर्फ विनोद थापाले तीन हजार ८१६ र वसन्त महर्जनले तीन हजार ६६३ मत प्राप्त गर्नुभएको छ ।
बत्तिसवटा वडामध्ये १८ वटा वडामा एमाले र १३ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा