काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उहाँले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गर्नुभएको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ ।
बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित