
पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मत र उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी भएपछि विजयी जुलुसमा सहभागी हुँदै । तस्बिर ः वासुदेव पौडेल, पोखरा, रासस
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ ।
त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ ।
वडा नं १२ मा एमाले विजयी
यस्तै वडा नं १२ को मत परिणाम पनि मिश्रित ढङ्गबाट आएको छ । वडा अध्यक्षमा एमालेको तर्फबाट विकास डङ्गोल एक हजार ६७० मत ल्याएर विजय हुनुभएको छ ।
त्यस्तै महिला सदस्यमा नेपाली काँग्रसको उम्मेदवार नानीहिरा डङ्गोल, दलित महिला सदस्य उसीला सिंह विजयी हुनुभएको छ ।
खुल्ला सदस्यमा एमालेका उम्मेदवार रत्नकाजी महर्जन र काँग्रेसका पुष्परत्न प्रजापतिले विजय हासिल गर्नुभएको छ ।
हालसम्म कामपाको ३२ वडामध्ये २७ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १५ र नेपाली काँग्रेसले १२ वडामा जित हासिल गरेको छ ।
पोखरा–लेखनाथ मनपा–३२ मा काँग्रेस र ३३ मा एमाले विजयी
पोखरा,१२ जेठ । पोखरा–लेखनाथ महानगरपालिका–३२ को वडाध्यक्षमा नेपाली काँग्रेसका अक्कलबहादुर कार्की १७ हजार ६९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेकपा(एमाले)का खम्बबहादुर पुनले १६ हजार ८० मत पाउनु भएको छ ।
वडाको महिला सदस्यमा एमालेकी विष्णुमाया धमला, दलित महिला सदस्यमा सुनमाया नेपाली, खुल्ला सदस्यमा विष्णुप्रसाद तिवारी र खुल्ला सदस्यमा काँग्रेसका धर्मबहादुर बस्नेत निर्वाचित हुनुभएको छ ।
त्यस्तै वडा नं ३३ मा नेकपा(एमाले)को समूह नै विजयी भएको छ । सो वडाको वडाध्यक्षमा एमालेका शिवप्रसाद आचार्य २३ हजार ७३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोजराज आचार्यले १७ हजार ६९ मत ल्याउनुभएको थियो ।
महिला सदस्यमा शान्तिदेवी आचार्य, दलित महिला सदस्यमा शोभा सर्किनी, खुल्ला सदस्यमा लीलबहादुर श्रेष्ठ र दीपकराज लामिछाने निर्वाचित हुनुभएको छ ।
काठमाडौँ– १३ मा एमाले विजयी
काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत ल्याउनुभयो । मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।
महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७ मत, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुल्ला सदस्यतर्फ रामबाबु कोइरालाले दुई हजार ४१२ र सुन्दरराज वैद्यले दुई हजार ७१९ मत ल्याई विजयी हुनुभएको छ ।
हालसम्ममा २५ वटा वडाको मत परिणाम सार्वजनिक भएकोमा १४ वटा वडामा एमाले र ११ वटामा काँग्रेस विजयी भएको छ ।
पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी
पोखरा, १२ जेठ । पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का मानबहादुर जिसी ६० हजार ११८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत प्राप्त गर्नुभयो ।
महानगरको उपप्रमुखमा एमालेकी मञ्जु गुरुङ ५६ हजार ४४८ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत प्राप्त गर्नुभयो ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित