काठमाडौँ, ११ जेठ । मधेसकेन्द्रित प्रमुख तीन दलले स्थानीय तहको निर्वाचनमा साझेदारी गर्नेबारे बहस सुरु गरेका छन् ।
आगामी जेठ ३१ मा हुने स्थानीय तहको निर्वाचनमा कसरी सहकार्य गरेर जाने भन्नेबारे राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल लोकतान्त्रिक फोरम र सङ्घीय समाजवादी फोरम नेपालबीच आज छलफल भएको हो ।
भक्तपुरको सानोठिमीस्थित राजपा नेता महन्थ ठाकुरको निवासमा आज अबेरसम्म भएको तीन शीर्ष नेताको छलफलले कुनै निष्कर्ष भने निकालेन ।
बुझिएअनुसार स्थानीय तहको निर्वाचनमा साझेदारी गर्न तयार रहेपनि राजपाको निर्वाचन चिह्न नभएकाले आवश्यक पहल गर्नेबारे कुराकानी भएको थियो । निर्वाचन र सङ्घर्षका कार्यक्रमलाई सँगै अघि बढाउनेबारे पनि नेताहरुबीच बहस चलेको थियो ।
तथापि, राजपाका नेताबीच नै निर्वाचनमा सहभागी हुने नहुनेबारे मतान्तर रहेकाले सहमति जुट्न कठिन भएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजबादी फोरमले पहिलो चरणको निर्वाचनमा नयाँ शक्ति पार्टीसँग साझेदारी गरिसकेको छ भने नेपाल लोकतान्त्रिक फोरमले पनि निर्वाचनमा भाग लिएको थियो ।
यी दुवै पार्टी दोस्रो चरणको निर्वाचनमा सहभागी हुनेछन् । यता राजपाभित्र पनि निर्वाचनमा सहभागी हुनुपर्ने दबाब बढेको छ । निर्वाचनबारे सकारात्मक देखिएका राजपा अध्यक्ष ठाकुरले मधेसकेन्द्रित शक्तिबीच सहकार्यका लागि नेता यादव र विजयकुमार गच्छदारसँग परामर्श गर्नुभएको हो ।
यसअघि, राजपाको बिजुलीबजारस्थित कार्यालयमा दिउँसो बसेको बैठकले दुई पार्टीसँग कसरी साझेदारी अघि बढाउने भन्नेबारे छलफल गरेको थियो ।
यद्यपि, उक्त बैठक पनि निष्कर्षविहीन बनेको थियो । त्यहाँ निर्वाचन र सङ्घर्ष कसरी लैजाने भन्नेबारे छलफल भएको राजपाका नेता केशव झाले बताउनुभयो । निर्वाचनमा जानेबारे बैठकमा अध्यक्ष मण्डलका छजना सदस्यबीच मत बाझिएको थियो । धेरैजना निर्वाचनका पक्षमा रहेको बताइएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा