लन्डन । बेलायत आतंकवादी आक्रमणको उच्च खतरामा रहेको निष्कर्षसहित यहां सुरक्षा सतर्कता बढाइएको छ । सोमबार राती म्यानचेस्टर एरिनामा कन्सर्ट सकिनै लाग्दा २२ जना मारिने गरि भएको आत्मघाती बिस्फोट लगत्तै सुरक्षा सतर्कता बढाइएको हो । बेलायतले एक हजार सशस्त्र सैनिक सडकमा परिचालन गरेको छ ।
‘जोइन्ट टेरोरिज्म एनालाइसिस सेन्टर’ को निष्कर्षपछि प्रधानमन्त्री टेरेजा मेले बेलायत आतंकवादको उच्च खतरामा रहेको जनाउंदै कुनै पनि बेला ब्रिटेनमा थप आक्रमण हुन सक्ने बताएकी छन् । प्रधानमन्त्री मे कै भनाइमा बेलायतमा अन्तर्राष्ट्रिय आतंकवादको खतरा गम्भीर (सिभियर) बाट उच्च संवेदनशील (क्रिटिकल) तहमा पुगेको छ ।
म्यानचेस्टर आक्रमणपछि बसेको सरकारको कोब्रा बैठकमा सैनिक परिचालनको निर्णय भएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । रोयल आर्टीलरी, प्याराट्रुप र आइरिस गार्डस रेजिमेन्टका सशस्त्र सैनिक बकिङहम प्यालेस, प्रधानमन्त्री कार्यालय, संसद भवन, उच्च सरकारी भवन, राजदूतावास लगायत बेलायतका प्रमुख स्थानमा परिचालन गरिएको छ । ३८ सय सैनिक तयारी अवस्थामा छन् । रक्षामन्त्री सर माइकल फालोनले प्रहरीको आग्रहमा सैनिक परिचालन गरिएको र प्रहरीलाई अतिरिक्त सहयोग चाहिएसम्म सैनिक रहिरहने बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले सन् २००३ मा हिथ्रो एयरपोर्ट
सुरक्षार्थ ट्यांक पठाए यताको यो पहिलो सैनिक उपस्थिति हो ।
अमेरिकी गायिका आरियाना ग्रान्डेको कन्सर्ट समापनतिर लिबियाली मुलका २२ वर्षीय सलमान अबेदीले आत्मघाती विस्फोट गराएका थिए । बिस्फोटमा २२ को मृत्यु र ६४ जना घाइते भएका छन् । उक्त घट्नाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेट
(आइएस) ले लिएको छ ।
यसैबीच, बेलायती प्रहरीले म्यानचेस्टर आक्रमणमा संलग्न रहेको आशंकामा व्यापक छापा मारी हालसम्म ८ जनालाई गिरफ्तार गरिसकेको छ । प्रहरीले आतंककारीको सञ्जाल रहेको आशंकामा थप खानतलास गरिरहेको समेत बताएको छ । आक्रमणकारीका भाइ हासिम र बाबु रमादन भने लिबियाको राजधानी ट्रिपोलीमा पक्राउ परेका छन् । लिबियाली सुरक्षा बलले हासिम म्यानचेस्टर आक्रमणबारे सचेत भएको बताएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल