लन्डन । बेलायत आतंकवादी आक्रमणको उच्च खतरामा रहेको निष्कर्षसहित यहां सुरक्षा सतर्कता बढाइएको छ । सोमबार राती म्यानचेस्टर एरिनामा कन्सर्ट सकिनै लाग्दा २२ जना मारिने गरि भएको आत्मघाती बिस्फोट लगत्तै सुरक्षा सतर्कता बढाइएको हो । बेलायतले एक हजार सशस्त्र सैनिक सडकमा परिचालन गरेको छ ।
‘जोइन्ट टेरोरिज्म एनालाइसिस सेन्टर’ को निष्कर्षपछि प्रधानमन्त्री टेरेजा मेले बेलायत आतंकवादको उच्च खतरामा रहेको जनाउंदै कुनै पनि बेला ब्रिटेनमा थप आक्रमण हुन सक्ने बताएकी छन् । प्रधानमन्त्री मे कै भनाइमा बेलायतमा अन्तर्राष्ट्रिय आतंकवादको खतरा गम्भीर (सिभियर) बाट उच्च संवेदनशील (क्रिटिकल) तहमा पुगेको छ ।
म्यानचेस्टर आक्रमणपछि बसेको सरकारको कोब्रा बैठकमा सैनिक परिचालनको निर्णय भएको बेलायती सञ्चार माध्यमले जनाएका छन् । रोयल आर्टीलरी, प्याराट्रुप र आइरिस गार्डस रेजिमेन्टका सशस्त्र सैनिक बकिङहम प्यालेस, प्रधानमन्त्री कार्यालय, संसद भवन, उच्च सरकारी भवन, राजदूतावास लगायत बेलायतका प्रमुख स्थानमा परिचालन गरिएको छ । ३८ सय सैनिक तयारी अवस्थामा छन् । रक्षामन्त्री सर माइकल फालोनले प्रहरीको आग्रहमा सैनिक परिचालन गरिएको र प्रहरीलाई अतिरिक्त सहयोग चाहिएसम्म सैनिक रहिरहने बताएका छन् ।
तत्कालिन प्रधानमन्त्री टोनी ब्लेयरले सन् २००३ मा हिथ्रो एयरपोर्ट
सुरक्षार्थ ट्यांक पठाए यताको यो पहिलो सैनिक उपस्थिति हो ।
अमेरिकी गायिका आरियाना ग्रान्डेको कन्सर्ट समापनतिर लिबियाली मुलका २२ वर्षीय सलमान अबेदीले आत्मघाती विस्फोट गराएका थिए । बिस्फोटमा २२ को मृत्यु र ६४ जना घाइते भएका छन् । उक्त घट्नाको जिम्मेवारी आतंकवादी समूह इस्लामिक स्टेट
(आइएस) ले लिएको छ ।
यसैबीच, बेलायती प्रहरीले म्यानचेस्टर आक्रमणमा संलग्न रहेको आशंकामा व्यापक छापा मारी हालसम्म ८ जनालाई गिरफ्तार गरिसकेको छ । प्रहरीले आतंककारीको सञ्जाल रहेको आशंकामा थप खानतलास गरिरहेको समेत बताएको छ । आक्रमणकारीका भाइ हासिम र बाबु रमादन भने लिबियाको राजधानी ट्रिपोलीमा पक्राउ परेका छन् । लिबियाली सुरक्षा बलले हासिम म्यानचेस्टर आक्रमणबारे सचेत भएको बताएको छ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै