जेनेभा, १० जेठ । स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गगन थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलदायी बनाउन सकिन्छ । कुनै पनि देशको स्रोतसाधनको अधिकतम उपयोग गर्न र दीर्घकालीन निर्णयलाई प्रभावकारी बनाउन क्षेत्रीय निकायको भूमिका महत्वपूर्ण हुन्छ ।”
सङ्गठन र अन्य सहयोगी संस्थासँगको सम्बन्ध लिने र दिनेको मात्र भएकाले यसलाई प्राविधिक विषयमा मात्र सीमित बनाउन नहुने उहाँको आग्रह थियो । स्वास्थ्यमन्त्री थापाले सङ्गठनले क्षेत्रीय निकायसँग सहकार्य गरी औषधिको मूल्य घटाउन काम गर्न पर्ने सुझाव पनि दिनुभयो ।
उहाँले भन्नुभयो – “अहिलेको ठूलो समस्या भनेको महङ्गो औषधि हो, स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न यसको मूल्य नघटाई हुन्न । नेपालमा आम व्यक्तिले गर्ने खर्चमध्ये ६७ प्रतिशत रकम औषधिमा खर्च हुने गरेको छ ।”
सङ्गठनले सार्क, आसियान, अफ्रिकन युनियनजस्ता निकायसँग सहकार्य गरी यसबारेमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र औषधिको मूल्य नघटाउँदासम्म स्वास्थ्यमा गरिब जनताको समान पहुँच पुरयाउन नसकिने मन्त्री थापाको भनाइ छ ।
उहाँले पाँचवर्षे कार्यकालका लागि निर्वाचित हुनुभएका सङ्गठनका महानिर्देशक डा टेन्ड्रोस अधानोमको सफल कार्यकालका लागि शुभकामना पनि दिनुभयो ।
मङ्गलबार राति १९४ सदस्य देशको विभिन्न चरणको मतदानबाट निर्वाचित डा टेन्ड्रोसले मन्त्री थापासँगको भेटमा मिलेर काम गर्ने बताउनुभएको थियो । मन्त्री थापाले उहाँलाई नेपाल भ्रमणको निम्तो दिनुभएकामा उहाँले नेपाल भ्रमणमा आउने इच्छा प्रकट गर्नुभएको थियो । उहाँले आगामी जुलाइबाट आफ्नो कार्यकाल सम्हाल्नु हुनेछ । महासभा जेठ १७ गतेसम्म चल्नेछ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’